arrow

पहुँच नपुगेको गाँउमा स्वास्थ्य शिविर

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत १० शनिबार
sibir.JPG

स्याङ्जा ।  लायन्स क्लव अफ पोखरा मिड टाउन र लायन्स क्लव अफ मेट्रो सिटि पोखराको संयुक्त आयोजना तथा पश्चिमाञ्चल सामुदायीक अस्पतालको प्राविधिक सहयोगमा एक दिने निशुल्कः स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्वास्थ्यको पहुँच नपुगेको स्याङ्जाको वालिङ नगरपालिका १३ उदियाचौरमा लायन्स क्लवले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको हो । ग्रामिण क्षेत्रमा रहेका हरेक नागरिक स्वास्थ्य रहनुपर्छ भन्ने मान्यताका साथ लायन्स क्लवले हरेक बर्ष हेल्थ शिविर संचालन गर्ने क्रममा वालिङ १३ छनोटमा परेको आयोजकले भनाई छ ।

एक दिने स्वास्थ्य शिविरको उदघाटन गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले ग्रामिण जनताको घर आँगनमा आएर निशुल्क स्वास्थ्य शिविर प्रदान गरेकोमा लायन्स क्लवले प्रशंसनीय कार्य गरेको उल्लेख गरे । स्थानीयतहमा गएपछि वालिङ १३ वार्डमा एउटा पनि सरकारी स्वास्थ्य चौकी नभएकाले यो शिविरले यहाँका जनतालाई ठुलो राहत मिलेको नगर प्रमुख खाँणको भनाई थियो । केही क्लवहरु शहरमुखी भइरहेका बेला यो क्लवले ग्रामिण क्षेत्रमा शिविरको आयोजना गरि सबै खाले स्वास्थ्य परिक्षण गर्नु आफैमा गर्वको विषय बनेको खाँणको भनाई थियो ।

शिविरमा पुर्व सांसद मुक्ति पाठक, वालिङ १३ का वडा अध्यक्ष आनन्द पाठक, क्लवका जोन पर्सन कृष्णराज पोखरेल, अध्यक्ष ठाकुर प्रसाद अधिकारी, विशाल गुरुङ्, मेड टाउनका सचिव रविराज भुट्र्याल, आनन्द पौडेल, सहजकर्ता भिमप्रसाद न्यौपाने, शिविर संयोजक बुद्धिप्रसाद भण्डारी लगायतका बक्ताहरुले स्वास्थ्यको पहुँच नपुगेको ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविरले जनता लाभान्वित हुने विश्वास व्यक्त गरे । शिविरमा फिजिसियन, गाईनो, महिलाको पाठेघर सम्वन्धी, इसिजि, एक्सरे भिडियो, जनरल सेवा लगायतका स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा करिव ५ सय जनता प्रत्यक्ष लाभान्वित भएको आयोजकले जनाएको छ ।

घर आँगनमा आफ्नो स्वास्थ्य परिक्षण सहित औषधी निशुल्क पाएकोमा स्थानीयहरु खुशी भएका छन् । सामान्य रोगका लागि शहरी क्लिनिक र स्वास्थ्य संस्थामा पुग्नु पर्ने बाध्यतामा रहेका यहाँका जनतालाई यो शिविरले धेरै लाभ पुर्‍याएको सरोकारवालाहरुको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ