- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ४ ज्योतीनगरबाट गाई काटेको आरोपमा ४ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा ७० बर्षीय होम बहादुर राना, त्यस्तै कुमारी घर्ती, राम कुमारी घर्ती, कुन्ती थापा रहेको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख खिम बहादुर घमले जानकारी दिए । शुक्रवार होम बहादुर राना सगँ करिब २५, ३० किलो मासु फेलापरे पछी के को मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेको थिए ।
गाई काट्नामा सहयोग गरेको भन्दै अन्यलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा राखीएको बताईएको छ ।