arrow

माआमी ओपनबाट बाहिरिएपछि फेडेररको गुम्यो पहिलो वरियता 

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
federer3.jpg

काठमाडौं । शिर्ष वरियताका टेनिस खेलाडीहरु रोजर फेडेरर र नोभाक जोकोभिच अमेरीकामा भइरहेको मायामी ओपन टेनिसबाट बाहिरिएका छन् ।

मायामीको फ्लोरिडामा भएको खेलमा शिर्ष स्थानमा रहेका स्वीस खेलाडी फेडेरर अष्ट्रेलियाका थानसी कोकोनोकीससँग पराजित भए । 

१७५ औँ स्थानमा रहेका अनसिडेड थानसीसँग फेडेरर ३–६, ६–३ र ७–६ को सेटमा हार्न पुगेका हुन् । 

यो हारपछि ३६ वर्षीय फेडेररले शिर्ष स्थान गुमाउने भएको छन् । उनको स्थान अब पूर्व विश्व नम्बर एक स्पेनिस खेलाडी राफेल नाडालले लिनेछन् । 

गत महिना नाडाललाई लाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएका फेडेररले गत साता इन्डियाना वेल्समा पनि उपाधि जित्न सकेका थिएनन् ।

अर्का पूर्व विश्व नम्बर एक जोकोभिच पनि बाहिरिएका छन् । उनी फ्रेन्च खेलाडी बनोइट पिएरीसँग ६–३ र ६–४ ले पराजित भए । 

यस्तै महिलातर्फ विश्व नम्बर एक सिमोना हलेप तेस्रो चरणबाट बाहिरीएकी छिन । आइतबार बिहान भएको खेलमा हलेप एग्निस्का राडवान्स्कासँग ६–३, २–६ र ३–६ ले हारिन् । 

Thanasi Kokkinakis stunned Federer with an unlikely victory in an epic three-set thriller

The Australian World No 175 (right) overcame Federer in three sets, winning 3-6 6-3 7-6

Federer started well by claiming the first set but was victim to a relentless Kokkinakis

The Swiss waves goodbye to the World No 1 spot as he exits the centre court in Miami

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ