कञ्चनपुर । उपप्रधान एवम् संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जनताको अपेक्षाको अनुपातमा सरकारले सन्तोषजनक काम गर्न नसकेको स्वीकार गरेका छन्। राप्रपा नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिकाको सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय विकास मन्त्री थापाले विस्तारै सरकारले जनताले अनुभुीत लिने गरी काम गर्ने बताए ।
जटिल परिस्थितिमा नेकपा एमालेको नेतृत्वमा गठन भएको सरकारले बिस्तारै मुलुकमा समृद्धि ल्याउने गरी काम गरिरहेको उनको भनाई छ । सरकारले ल्याएका विधेयकहरुमा सत्ता साझेदार दलहरुले नै विपक्षमा मत जाहेर गरेकोप्रति आपत्ति जनाउँदै मन्त्री थापाले सत्ता साझेदारहरुले नै सरकारलाई असहयोग गरिरहेको बताए ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ इशारा गर्दै अआप्mना कमी कमजोरी लुकाउन अनेक किसिमका विषयहरुलाई छलफलमा ल्याएर समय खेर फाल्ने गरेको टिप्पणी गरे । सत्तासाझेदार दलहरुले एक ढिक्का भएर मुलुकको विकाससँगै संविधानलाई हुर्काउनु विकल्प नभएको भन्दै स्थानीय विकास मन्त्री थापाले सरकारको विकल्प खोज्नुको कुनै अर्थ नरहेको जिकिर गरे ।