arrow

अष्ट्रेलियाई क्रिकेट संकटमा , कप्तान र उपकप्तान बर्खास्त

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
smith-and-warner_aus.jpg

एजेन्सी। अष्ट्रेलियाका कप्तान स्टिव स्मिथ र उपकप्तान डेविड वार्नरले नियोजित रुपमा अफ्रिका बिरुद्धको तेस्रो टेष्टमा बल बिगारेको आरोपमा आफ्नो पदबाट निकालिएका छन्। 

क्रिकेट अष्ट्रेलियाले प्रेस बिज्ञप्ति मार्फत उक्त कुरा जानकारी दिएको छ। क्रिकेट अष्टरेलियाका प्रमुख जेम्स सदरल्याण्डले कप्तान स्मिथ र उपकप्तान वार्नरसँग गफ गरेपछि दुवैले आफ्नो पद छाड्न राजी भएका थिए । टेष्ट क्रिकेट अगाडी बढ्न पर्छ र उक्त दौरान हामी अनुसन्धान गर्ने छौं - सदरल्याण्डले प्रेस बिज्ञप्ति मार्फत जनाएका छन्। 

यससँगै अष्ट्रेलियन क्रिकेट टोली संकटमा परेको छ। कप्तान र उपकप्तान पदबाट निस्किए पछि अरु खेलाडीहरु पनि तानिन सक्ने संभावना छ। बललाई टेम्पर गरेर खेलमा प्रभाव पार्न सकिन्छ भन्ने योजना पुरै टिमलाई थाहा रहेको सुचना बाहिर आएको छ। 

टिमका कोच ड्यारेन लेहम्यान पनि उक्त योजनामा संगल्गन रहेको आशंका गरिएको छ। भर्खर पुन: क्रिेकटमा शक्तिशाली हुँदै गएको टोलीका धेरै खेलाडी र कोच बर्खास्त भएमा क्रिकेट अष्ट्रेलिया गहिरो संकटमा पर्ने निश्चित छ। 

अष्ट्रेलिाका ओपनिङ ब्याटस्मयान क्यामरुन बेनक्रफ्टले नियोजित रुपमा बलमा खल्तीबाट केही निकालेर दलेको भिडियोमा देखिएको थियो। 

उनले उक्त बस्तु लुकाउने हेतुले आफ्नो कट्टु भित्र हालेका थिए। मैदानमा रहेका अम्पायरले उनीसँग उक्त कुराको जानकारी लिंदा केही नगरेको भनेर पन्छिएका थिए। 

बेनक्रफ्टले मैदानमा बलमा केही बस्तु दलेको विश्वब्यापि रुपमा फैलिएपछि कप्तान स्टिव स्मिथले उक्त कुरा प्रेस कन्फरेन्समा स्विकारेका थिए। उनको स्विकारोक्ति पछि विश्वभरी अष्ट्रेलियन क्रिकेटरहरुको आलोचना तिव्र भएको थियो। 

बाँकी रहेको अष्ट्रेलियाको अफ्रिका भ्रमणकालागि कप्तान विेकट किपर टिम पेनलाई नियुक्त गरेको छ। आफतकालिन बैठक बसेर क्रिेकट अष्ट्रेलियाले पेनलाई कप्तान नियुक्त गरेको हो। 

छानबिनका लागि हेड अफ इन्टिग्रिटी इयान रोए र हाइ पर्मफेन्स म्यानेजर पाट हवार्ड दक्षिण अफ्रिका गएर अनुसन्धान गर्ने जानकारी दिएका थिए। तर अष्ट्रेलियाली सरकारले छानबिनअगावै  स्मिथलाई हटाउन भनेपछि सदरल्यान्डले स्मिथ र वार्नरले पद छोडेको विज्ञप्ति जारी गरेका हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ