arrow

पुर्वकप्तानहरुको चुनौती 'क्रिकेट संघ अघि नबढे हामी अघि बढ्नेछौं'

पुर्व क्रिकेटरहरु नेपाली क्रिकेटको नेतृत्व गर्न सक्षम रहेका छन्

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
Cricket_Nepal_captains.jpg

काठमाडौं। क्रिकेट खेलाडी संघ नेपालको तेस्रो साधाराण सभाले नयाँ कार्य समिती चयन गरेको छ। डाक्टर मनिष राज पाण्डेको अध्यक्षतामा १२ सदस्य रज‍हेको कार्य समिती चयन भएको हो।

कार्यक्रम पछि पुर्व कप्तानहरु एवं बर्तमान कप्तानले प्रेससँग साक्षात्कार गरेका थिए।  

कार्यक्रम पछिको प्रेस बिज्ञप्तिमा क्रिकेट खेलाडी संघले नेपाल क्रिकेट संघलाई चुनौती दिंदै भनेको छ 'नियमन गर्ने संस्थाले तुरुन्त कुनै कारवाही अगाडी नबढाए हामी हाम्रो जिम्मेवारी बढाउन बाध्य हुनेछौं'।  

के क्रिकेट खेलाडी संघले हस्तक्षेप गर्छ भन्ने प्रश्नमा पुर्व कप्तानहरुले हस्तक्षेप अलि कडा भयो तर अब पनि नेपाली क्रिकेट अगाडी नबढे अगाडी बढाउनलाई उपयुक्त कदमहरु चाल्न सकिने बताएका छन् I

'पुर्व क्रिकेटरहरु नेपाली क्रिकेटको नेतृत्व गर्न सक्षम रहेका छन्'- पुर्व कप्तान बिनोद दासले बताए। दासले अगाडी भने ' हाम्रै पुर्व क्रिकेटरहरु ठूल्ठुला परियोजनाहरु सफलताका साथ हाँकीरहेका छन् भने त्यस्ता सक्षमहरुले क्रिकेट बोर्डको नेतृत्व गर्न नसक्ने कुनै कुरै आउँदैन'। 

उक्त साक्षात्करमा पुर्व कप्तान पवन अग्रवालले स्पष्ट रुपमा भने -' हामीले अहिले पाएको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको मान्यता एउटा ठूलो उपलब्धि हो। उक्त उपलब्धिलाई जोगाई राख्न क्रिकेटको नियमक निकायले युद्धस्तरमा काम गर्नु पर्ने हुन्छ।' 

'टि-२० अन्तराष्ट्रियको मान्यता पनि हामीले पाएका थियौं तर कुनै उपलब्धि लिन सकेनौं, यस्तै नहोस अहिले पनि ।' अग्रवालले भने। 

नेपाली क्रिकेटको यो अति नै चुनौतीपुर्ण र खराब समय हो, क्रिकेटकालागि खेलाडीहरु आफैले बोल्नु पर्ने अवस्था भनेको सामान्य अवस्था होईन' पुर्व कप्तान एलबी क्षेत्रीले भने। 

सबै कप्तानहरुको एउटै चाँसो नेपाल क्रिकेट संघ गठन हुनु पर्‍यो र क्रिकेटको बिकासमा आफ्नो स्वार्थ छाड्न पर्‍यो भन्ने रहेको थियो। 

नेपाली क्रिकेटका कप्तान पारस खड्काले क्रिकेटलाई माया गर्ने जो नेतृत्वमा आएपनि हुने अभिब्यक्ति दिएका छन्। 'क्रिकेटलाई माया गर्ने मान्छे र क्रिकेटलाई पहिलो प्राथमिकतामा राख्न सक्ने सोच भएको मान्छेले मात्र नेपाली क्रिकेटलाई अगाडी बढाउन सक्छ' खडकाले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ