जपानिज प्रविधीबाट लोक्ता तयार पार्न फेकोफन पाँचथरले १० स्थानमा तालिम दिने
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ चैत ११ आइतबार
305
Shares
पाँचथर । स्थानिय स्रोत साधानको अधिकत सदुपयोग गरेर स्थानियहरुलाई जीवीकोपार्जन गर्ने उदेश्यले सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरले जिल्लाका १० स्थानमा जापनाजि प्रविधि बाट लोक्ता तयार पार्ने तालिम प्रदान गर्ने भएको छ ।
तालिमबाट झण्डै २ सय वढि स्थानियहरु लाभान्वित हुने भएका छन् । जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ३, ७ र ८,१३ र १४,फालेलुङको ३, ५ र ६ तुम्बेवा ४ र ५,मिक्लाजुङ ३,याङवरक १ र २ मा तालिम प्रदान गरिने भएको हो ।
एउटा स्थानबाट कम्तीमा २० जना स्थानियहरु तालिममा सहभागि बन्ने सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर जिल्ला अध्यक्ष देवी न्यौपानेले बताए । उनले भने,“ जिल्लामा १० स्थानमा तालिम दिनेछौ,त्यसमा २ सय वढिले तालिम लिएर सोही प्रविधी अपनाई काम थाल्नेछन् ।”
यसैक्रममा आइतबार फिदिम नगरपालिका वडा नम्बर ३ मा जापनिज प्रविधि बाट लोक्ता तयार पार्ने विषयमा सरोकारवालाहरु सित अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष न्यौपाने,वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्र गुरुङ,स्थानियहरु लयातको सहभागिता रहेको थियो ।