arrow

गगनको निर्वाचन क्षेत्रमा पर्ने बुढानिलकण्ठमा नगर अधिवेशन नै सर्वसम्मत

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
gagan-thapa.jpeg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा सांसद भएको निर्वाचन क्षेत्रको बुढानिलकण्ठ नगरपालिकामा काँग्रेसको नगर सभापति सहित अन्य पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत भएको छ। नेपाली काँग्रेसको बुढानीलकण्ठ नगर अधिवेशनबाट गणेश कोईराला नगर सभापतिमा सर्वसम्मत चयन भएका हुन्। क्षेत्र नं ४ का केहि वडाहरू र क्षेत्र नं ५ का केहि वडाहरू मिलेर बनेको बूढानीलकण्ठ नगरपालिकामा क्षेत्रीय प्रतिनिधिहरू पनि निर्विरोध चयन भएका छन् ।
 
अधिवेशनमा कपन क्षेत्रका अन्य दुई सभापतिकै उम्मेद्वारहरू राजाराम बुढाथोकी र केशवराज पाठकले कोईरालालाई समर्थन गरेर उम्मेद्वारी फिर्ता लिएपछि उनी सर्वसम्मत रूपमा सभापति चयन भएका हुन्। दिनभर आंकाक्षीहरू बीचको पटक पटकको छलफल र सल्लाह पछि सभापतिमा सर्वसम्मत चयन भएको हो। 
 
त्यसैगरि सचिवमा राजन बुढाथोकी, सहसचिवमा शशिबिक्रम थापा र कोषाध्यक्षमा भरत अधिकारी सर्वसम्मत चयन भएका छन् भने नगर समितिमा रहने अन्य ८ जना सदस्यहरू पनि सर्वसम्मत भएका छन्। त्यसरी चयन हुनेहरूमा क्षेत्र नं ४ बाट दलित क्षेत्रीय प्रतिनिधिहरूमा सागर बैजु र बिमलकुमार भित्रकोटी, मधेसी तथा अल्पसंख्यक क्षेत्रीय प्रतिनिधिहरूमा प्रेम श्रेष्ठ र तारादेवी चौधरी, आदिवासी जनजाति क्षेत्रीय प्रतिनिधिहरूमा भाईनारायण श्रेष्ठ र काशीलाल श्रेष्ठ रहेका छन् भने क्षेत्र नं ५ बाट दलित क्षेत्रीय प्रतिनिधिहरूमा दुदे मिजार र मनोज नेपाली, आदिवासी जनजाति क्षेत्रीय प्रतिनिधिहरूमा ब्रम्हदेव श्रेष्ठ र रामराजा महर्जन तथा अल्पसंख्यक क्षेत्रीय प्रतिनिधिहरूमा भिमसेन खत्री र पूर्णलाल श्रेष्ठ रहेका छन्। 
 
नगरको अधिवेशन सर्वसम्मत भएपछि क्षेत्र नम्वर ४को क्षेत्रीय अधिवेशन सर्वसम्मत गर्न दवाव परेको छ। माघ २२ गते हुने क्षेत्रीय अधिवेशन सर्वसम्मत गराउनेतर्फ सांसद थापाले पहल गरिहरेको र सभापतिका आकाँक्षीहरुको राजनीतिक व्यवस्थापनमा उनले गम्भिर विमर्श गरिरहेको बुझिएको छ। काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा ३ जना क्षेत्रीय सभापतिमा वर्तमान सभापति न्हुच्छेनारायण श्रेष्ठ सचिव श्याम संगत र समानुपातिक सांसदको उमेद्वार सदस्य राजु श्रेष्ठको नाम चर्चामा छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ