arrow

भीमदत्त नगर सभापतिमा अवस्थी विजयी, कस्ले पाए कति मत?

logo
ईश्वर दत्त बडू।
प्रकाशित २०७२ माघ २० बुधबार
13th-congress.png.png.png.png
महेन्द्रनगर। नेपाली काँग्रेस भीमदत्त नगरपालिकाको सभापतिमा पदमराज अवस्थी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी अच्यूतराज कलौनीलाई ६५ मतले पराजित गर्दै अवस्थी विजयी भएका हुन्। भीमदत्त नगरपालिकाको नगर अधिवेशनमा सभापति पदमा पदमराज अवस्थीले ५ सय ४२ मत र कलौनीले ४ सय ७७ मत ल्याएका छन्। मत मतगणना अनुसार नगर सभापतिका अर्का उम्मेदवार प्रेमबहादुर विष्टले ७७ मत ल्याएका छन्। नगर अधिवेशनमा १ हजार १ सय ६० मत खसेको थियो।
 
नगर सचिवमा उमेशप्रसाद जोशी विजयी भएका छन्। जोशीले ४ सय ५७ मत ल्याएका छन्। निकटतम प्रतिद्वन्दी रामप्रसाद जोशीले ३ सय ३८ मत र  पूर्णबहादुर क्षेत्रीले २ सय ५८ मत ल्याएका छन्। कोषाध्यक्षमा सिद्धराज बोहरा ६ सय ८८ मत ल्याएर विजयी भएका छन्। बोहराका निकटतम प्रतिद्वन्दी महेशशरण भट्टले २ सय ९८ मत ल्याएका छन्। नगर कार्यसमिति सदस्यमा सिता भण्डारी (६७१), कमलराज चटौत (६२३), मिना भण्डारी (५१६), सरस्वती दाहाल (५१०), माया सेठी (५०७), चेतराज पन्त (४९५), भुपेन्द्र रावल (४९५) र दिपक चन्द (४५२) विजयी भएका छन्।
 
भीमदत्त नगरपालिकाका ४ नम्बर निर्वाचन क्षेत्रमा पर्ने वडाबाट क्षेत्रीय प्रतिनिधिमा दलितर्फ रमेश दयाल र मोहन ओड, आदिवासी जनजातितर्फ विरबहादुर लामा र सुरेश गुरुङ तथा पिछडिएको वर्गतर्फ रामस्वगारत ठाकुर र अपाङ्गतर्फ दिवाकर पाण्डेय निर्वाचित भएका छन्। ४ नम्बर निर्वाचन क्षेत्रमा पर्ने वडाबाट क्षेत्रीय प्रतिनिधिमा दलिततर्फ प्रमिला जैरु र रिता सिलाधर, आदिवासी जनजातितर्फ जगबहादुर चौधरी र पशुपति थापा तथा मधेशीतर्फ बेदप्रकाश चौधरी र अपाङ्गतर्फ उपेन्द्रबहादुर खडायत निर्वाचित भएका छन्।



नयाँ