arrow

अन्तर्राष्ट्रिय मार्सल आर्टसमा नेपाललाई सफलता 

logo
प्रकाशित २०७४ चैत १२ सोमबार
martial-art.jpg

काठमाडौं । लात्भियामा भएको अन्तर्राष्ट्रिय मार्सल आर्टसको महोत्सवमा नेपाली खेलाडीहरुले महत्वपूर्ण सफलता हात पारेका छन् । नेपालको तर्फबाट २ जना खेलाडीले उक्त महोत्सवमा सहभागीता जनाएका छन् । 

नेपालको तर्फबाट सहभागी सुर्य बुढाथोकी तथा विनिता फुयालले नेपाललाई पदक दिलाउन सफल भएका छन् । सुर्य बुढाथोकीले ७० –८० केजी तौल  फुल कन्ट्याक कराँतेतर्फ तेस्रो स्थान हात पारेका थिए भने ७० केजी भन्दा माथीको तौल समुहमा फुलकन्ट्याक कोशी कराँते सेफ्टी तर्फ दोस्रो स्थान हात पारेका थिए । उनी फाइनलमा रसियन खेलाडी संग पराजित भएका हुन् । 

विनिता फुयालले फुलकन्याक्ट महिला खुल्लातर्फ दोस्रो स्थानमा ल्याउन सफल भएकि छिन् भने कोशी कराँते सेफ्टी तर्फ तेस्रो स्थान प्राप्त गरेकी थिइन । 

फुयाल पनि रसियन खेलाडी संग पराजित भएकी हुन् । प्रतियोगीतामा नेपालसहित रसिया, इटाली डेनमार्क, रोमानिया, वेलारुस लुथिनिया, स्टोनिया सहित युरोप र रसियन मुलकका ३२ भन्दा बढि राष्ट्रका करिब ८०० खेलाडीहरुले उक्त महोत्सवमा सहभागीता जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ