arrow

फेसबुक संकटमा, १० दिनमा १० अर्ब डलर घाटा

logo
प्रकाशित २०७४ चैत १३ मंगलबार
facebook.jpeg

काठमाडौं । सामाजिक संजाल फेसबुकको सेयरमा दिनानुदिन गिरावट आएको छ । फेसबुकमा पछिल्ला १० दिनमा १० अर्ब डलर गुमाएको जनाइएको छ । 

निरन्तर गिरावट आउँदै गएपछि विज्ञापनदाताले धमाधम विज्ञापन पनि हटाउन थालेका छन् । 

करोडौं फेसबुक प्रयोगकर्ताको गोप्य तथ्यांक चोरी भएको खुलासा भएपछि फेसबुकप्रतिको विश्वसनीयतामाथि समेत प्रश्न खडा भएको छ । 

फेसबुकका मालिकले सुचना चोरिएको प्रति क्षमा मागे पनि यसको क्षतिपूर्ति हुन नसक्ने भन्दै आलोचना भएको छ । 

सेयर धमाधम घट्दो छ भने विज्ञापनदाताले विज्ञापन हटाउँदै जाँदा समस्या उब्जिएको छ । 

फेसबुक मालिकको समेत चर्को आलोचना हुँदै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ