arrow

स्मिथलाई आइपिएलमा पनि झड्का

logo
प्रकाशित २०७४ चैत १३ मंगलबार
smith-and-warner_aus.jpg

काठमाडौं । बल बिगारेको (टेम्परिङ) आरोपमा कप्तानी खोसिएका अष्ट्रेलियन क्रिकेटर स्टेफेन स्मिथलाई इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा पनि झड्का लागेको छ । 

राजस्थान रोयल्सका कप्तान रहेका स्मिथलाई कप्तानीबाट हटाइएको छ । स्मिथले सोमबार राजस्थानको कप्तानबाट राजीनामा दिएका छन् । 

गत २४ फेबु्रअरीमा उनी कप्तान भएका थिए । अब स्मिथको ठाउँमा अजिन्क्या रहानेले कप्तानी सम्हाल्ने छन् । 

कप्तानबाट हटाइएपछि अष्ट्रेलिया क्रिकेटले पनि कडा कार्वाही गर्ने देखिएको छ । स्मिथ र उपकप्तानबाट हटाइएका डेभिड वार्नरलाई आजिवन क्रिकेटबाट प्रतिवन्ध लाग्न सक्ने कार्वाही हुन सक्छ । 

दक्षिण अफ्रिका विरुद्ध केपटाउनमा भएको तेस्रो टेष्ट क्रिकेटको तेस्रो दिनका क्रममा स्मिथ बल बिगारेको देखिएका थिए । 

उनले टिमकै सहमतिमा बल बिगारेको बताएका थिए । 

आइसीसीले स्मिथमाथि एक टेष्टमा प्रतिबन्ध लगाउँदै सबै खेलको फि जरिवाना गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ