लहान। तीन महिना पहिले नेपाली काँग्रेस पार्टी परित्याग गरेकाहरु पुनः पार्टीमै फर्किएका छन्। पार्टीमा पुन फर्किनेहरु सिरहा नगरपालिका १० भलुवाहीका क्रियाशिल काँग्रेसीहरु छन्। उनीहरु संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए।
पुनः पार्टीमा आउनेहरुमा रिमा कामती, मदन कुमार कामती, राजेश्वर कामती, बाबुराम कामती, रामदेव कामती, कामेश्वर कामती र विशेश्वर कामती रहेका स्थानीय क्रियाशिल काँग्रेसी कार्यकर्ता धनिकलाल कामतीले जानकारी गराएका छन्। जुगल बाहेक सबै फर्किएका छन्, विशेश्वर जुगलको छोरा हुन्।
बाह्रौ महाधिवेशनका सबै क्रियाशिल सदस्यहरुलाई पार्टीले सदर गर्ने निर्णयको कारणले पार्टीमा नलागेका व्यक्तिहरु अहिले सक्रिय हुन थालेका छन्। कति ठाउँमा त गाउँ सभापति तथा क्षेत्रिय प्रतिनिधिका उम्मेदवार पनि भएका छन्।
केन्द्रिय कार्यसमितिको निर्णयले पार्टीप्रति प्रतिवद्ध नरहेका व्यक्तिहरु स्वभाविक रुपमा बढिरहेका छन्। यस्ता व्यक्तिहरु मतलाई प्रभावित गरिरहेका छन्। अब यिनीहरुले कुन मनसाय राखेका छन? संगठनलाई बलियो बनाउँछन कि घुसपैठ गर्छन भने कुरामा शंका लागेको काँग्रेसका जिल्ला नेताहरुको भनाई छ।
तीन महिना पहिले पार्टी परित्याग गरेकाहरु अहिले कसैलाई मत दिन भनेर लागिरहेको घटनालाई कसरी हेर्ने ? क्षेत्र, जिल्ला र गाउँबाट नविकरणका लागि सिफारिस नभएकाहरुलाई पनि केन्द्रले क्रियाशिल सदस्यमा नाम सार्वजानिक गरेको थियो। यी फर्किएकाहरु अब मतदाता पनि बनेका छन्, यस्तो व्यक्तिबाट शंका उत्पन्न भएको धनिकलाल कामतीले सुनाए।