arrow

उपेन्द्र विहारतिर वरालिदै असन्तुष्टहरु संघीय समाजवादी फोरम फुटाउने तयारीमा

logo
प्रकाशित २०७२ माघ २० बुधबार
upendra-yadav-600x0.jpg.jpeg
काठमाडौं। पटक–पटक फुट्दै आएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पुनः फुटको संघारमा पुगेको छ । नेतृत्वपंक्तिको कार्यशैलीप्रति असन्तुष्टि राख्दै असन्तुष्टहरुले पार्टीभित्रै ‘संघीय नव विचार समूह’ गठन गरेका छन्। पार्टीका प्रभावशाली नेता रिजवान अन्सारीको संयोजकत्वमा १४ सदस्यीय विचार समूह गठन भएको छ।
 
फोरम अध्यक्ष उपेन्द्र यादव विहारमा स्थानिय नेता र सञ्चारमाध्यमसँग भेटघाटमा रहेका बेला उनको कार्यशैलीप्रति असन्तुष्ट नेताहरुले नयाँ समुह बनाएका हुन्। पार्टीका केही नेताविशेषको स्वार्थसिद्धि हुने भएपनि सिंगो पार्टी चाहिँ विसर्जनको स्थितिमा पुग्ने पक्कापक्की छ’ असन्तुष्टहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेतृत्वले निरंकुश, स्वेच्छाचारी र गैरबैधानिक चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै नवगठित विचार समूहले ‘नेतृत्वले नै एउटा अग्रपंक्तिको क्रान्तिकारी शक्ति बन्ने सपना बोकेको पार्टीलाई परम्परागत तथा यास्थितिवादी पार्टीको रुपमा परिणत गरिदिएको’ विज्ञप्तीमा उल्लेख गरेको छ।
 
असन्तुष्टहरुले पार्टीमा भइरहेको दुष्चक्रबारे सचेत गराई नेतृत्वलाई सच्याउने सुझाव समेत दिएका छन्। ६ बुँदे सुझाव प्रस्तुत गर्दै असन्तुष्टहरुले दुई हप्ताभित्र सुधारहरु गर्न नेतृत्वलाई चेतावनी दिएका छन्। यसो नभएको खण्डमा यो विचार समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाई आवश्यक कदम चाल्न विवश हुने विज्ञप्तिमा जनाइएको छ। 
 
संघीय नव विचार समूह :
यो विचार समुहमा रिजवान अन्सारी (सर्लाही)– संयोजक, वीरबहादुर लामा (मकवानपुर)–सदस्य, नोरशाङ शेर्पा (दोलखा)–सदस्य, राजकुमार यादव (पर्सा)–सदस्य, रामेश्वरप्रसाद यादव (रौतहट)–सदस्य, बाबुराम भुषाल (बर्दिया)–सदस्य, विश्वदीप लिङ्देल (झापा)–सदस्य, नवीन्द्रकुमार योञ्जन (सिन्धुपाल्चोक)–सदस्य, देवेन्द्र राई (इलाम)–सदस्य, मेम्बर लो (मकवानपुर)–सदस्य, शम्भु चौधरी (बारा)–सदस्य, उपेन्द्र साह(महोत्तरी)–सदस्य, रामेन्द्र साह (सर्लाही)–सदस्य, कलामुद्दीन मदनी (बारा)–सदस्य रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ