arrow

डकर्मी उत्पादन गर्दै प्राधिकरण

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत १३ मंगलबार
pradhikaran.JPG

स्याङ्जा ।  राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति स्याङ्जाले भुकम्प प्रतिरोधात्मक घर निर्माणका लागि डकर्मी तालिम प्रदान गरेको छ । अनुभवी डकर्मीहरुलाई इन्जिनियरीङ तवरबाट घर निर्माण गर्नका लागि सहजता दिलाउन तालिम प्रदान गरेको हो ।

हरेक वडामा ५ जनाका दरले डकर्मी उत्पादन गर्ने लक्ष्यका साथ प्राधिकरणले तालिम दिदै आएको छ । वालिङ नगरपालिका भित्र भुकम्प प्रतिरोधात्मक घर निर्माणका लागि प्राधिकरणले ३१ जना डकर्मीलाई अनुभवी इन्जिनियरबाट तालिम दिलाईएको जनाएको छ ।

रोजगारको अवसर र ज्ञान तालिमले प्राप्त गरेको हुनुपर्छ वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमकान्त पौडेलले सहभागीहरुलाई भने,“भुकम्प पिडितका घरहरु अव मजबुद र राम्रो हुनेछन् ।” तालिम प्राधिकरणका लागि मात्रै नभएर समग्र पिडितका लागि यो तालिमले सहजता मिल्ने विश्वास हामीले लिएका छौं पौडेलले भने । तालिम लिएर तालिमको उपयोग नगरिएको गुनासो आएको छ पौडेलले सहभागीहरुलाई भने आफुले यो तालिमबाट अनुभव लिएका छौ यसलाई पिडित समक्ष पुर्‍याउनु पर्छ । सरकारले भुकम्पबाट पिडित भएका नागरिकलाई भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि यो अभियान अगाडी बढाएको पौडेलको भनाई छ ।

स्याङ्जामा करिव ५ सयको हाराहारीमा डकर्मी उत्पादन गर्ने लक्ष्यका साथ प्राधिकरण अगाडी बढेको आयोजकको भनाई छ । पुराना घर र संरचना कमजोर भएकाले भुकम्पबाट ठुलो क्षती व्यहोर्न बाध्य भयौ राष्ट्रिय पुननिर्माण प्राधिकरण स्याङ्जाका प्रमुख प्रविण ढकालले भने,“उत्पादित डकर्मीबाट निर्माण भएका घरहरु अव मजबुद हुनेछन् ।” इन्जिनियरीङ डिजाईनबाट घर निर्माण गर्दा भुकम्प पिडितले केही दुःख पाएको हामीले थाहा पाएका छौं यसको सहजीकरणमा यो तालिमले सहजता ल्याउने विश्वास हामीलाई छ प्रमुख ढकालले भने । भुकम्प पिडितले तिनतह पुरा गरेपछि ३ लाख पाउने व्यवस्था सरकारले गरेको ढकालले बताए ।

सरकारी झन्झटमा अफठ्यारो मान्ने पिडितले संसोधन सहितको निबेदन पेश गरेमा १ लाख सम्म लिएर घर मर्मत गर्दा पनि हुने ढकालले बताए । वालिङमा दिइएको तालिममा इन्जिनीयर इश्वर काफ्लेले सहभागीलाई सहजीकरण गरेका थिए । तालिमलाई पुरा रुपले कार्यन्वयन गर्ने प्रतिवद्धता सहित सहभागीका तर्फबाट वोलेका शिवलाल कामीले यो हाम्रा लागि अवसर भएको बताए । जिल्ला समन्वय समितिका सुचना अधिकारी धनप्रसाद कोइराला र कार्यालयका प्रेम रेग्मीले भुकम्प पिडितको मापदण्ड र लाभग्राहीले पाउने सेवाका बारेमा प्रशिक्षण दिएका थिए । तालिममा सहभागी सबैले तालिमको एकतारुप दिन आग्रह गर्दै प्रशिक्षकद्धयले सिकेको तालिमबाट अन्य डकर्मी उत्पादन गर्न सुझाए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ