arrow

जनकपुरमा तेस्रो 'डिजिएमटी' टि-२० अन्तराष्ट्रीय क्रिकेट प्रतियोगीता हुने

'पारस खड्का ब्राण्ड एम्बेस्डर'

logo
प्रकाशित २०७४ चैत १३ मंगलबार
Cricket_DGMT.jpg

काठमाडौं। धनुषा क्रिकेट सँघको आयोजनामा तेस्रो स्वर्गीय दिपक गुप्ता स्मृती क्रिकेट (डीजीएमटी) प्रतियोगिता ७ बैशाख २०७५ देखि जनकपुरधाममा शुरु हुने भएको जानकारी प्रेस सम्मेलन मार्फत दिईएको छ। उक्त प्रतियोगीता टि-२०को स्वरुपमा खेलाईने आयोजकले जनाएका छन्। 

काठमाडौं स्थित नेपाल खेलकुद पत्रकार सँघको सभाहलमा भएको कार्यक्रममा धनुषा क्रिकेट सँघका अधयक्ष हिरा भगतले नेपाली क्रिकेटको बिकासमा जनकपुरले अहिलेसम्म दिएको योगदान र आउँदा दिनहरुमा पनि खेलाडीहरु उत्पादन गरेर नेपाली क्रिकेटमा प्रतिनिधित्व गराउने मुल उद्देश्य रहेको बताएका छन्। 

उक्त प्रतियोगीताको पहिलो संस्करण बिस. २०६९ सालमा भएको थियो भने दोस्रो संस्करण बिसं २०७१ सालमा आयोजना भएको थियो। 

करिब ५० लाखको खर्चमा हुने प्रतियोगीतामा बिजयी टोलीलाई ३ लाख ११ हजार नगद र ट्रफी प्रदान गरिने छ भने दोस्रो हुने टोलीले १ लाख ७५ हजार नगद र ट्रफी पुरस्कार पाउने छन्।प्रतियोगितामा प्लेयर अफ म्याच, प्लेयर अप सिरिज, बेष्ट बलर, बेष्ट ब्याट्सम्यान लगायतलाई पनि नगद एवं ट्रफी पुरस्कारका रुपमा दिईने आयोजकले जानकारी दिए। 

प्रतियोगीता राउण्ड रोबिन लिग आधारमा खेलाईनेछ जसमा नेपाल रभारतबाट गरेर जम्मा आठ टोलीको सहभागिता रहनेछ । नेपालका ६ टोलीहरुमा तीन बिभागीय टोली (सेना, जनपद प्रहरी एवं सशस्त्र प्रहरी)को सहभागीता रहनेछ। प्रतीयोगितामा बिरगंज-कलैया, बिराटनगर र जनकपुरको क्रिकेट टोली रहनेछ। भारतीय दुई टोलीहरुमा कानपुरको सोनेट क्रिकेट क्लब र आसामको फिनिक्स क्रिकेट क्लब रहनेछन्। 

प्रतियोगिताका खेलहरु अन्तराष्ट्रीय क्रिकेट काउन्सिल (आईसीसी) को आचार संहिता २०१७/१८ अन्तर्गत हुनेछ । प्रतियोगीताका 'ब्राण्ड ऐम्बेसडर'का रुपमा नेपाली पुरुष क्रिकेट टोलीका कप्तान पारस खड्का रनेछन्।

स्वर्गीय दिपक गुप्ता नेपाली क्रिकेटमा चिरपरिचित नाम रहेको छ । उनले १० बर्षसम्म लगातार जय ट्रफीमा जनकपुरकालागि खेलेका थिए। उनी दाहिने हाते फास्ट बलरका रुपमा खेल्थे। उनको निधन २०६३ बैशाख १३ गते भएको थियो।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ