arrow

पुनर्वासलाई ७ नम्बर प्रदेशको पहिलो बालमैत्री नगरपालिका घोषणाको तयारी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ चैत १३ मंगलबार
bal-maitri.jpg

पुनर्वास,कञ्चनपुर ।  पश्चिम नेपालको कञ्चनपुर स्थित पुनर्वास नगरपालिकालाई प्रदेश नम्बर ७ मा पहिलो बालमैत्री स्थानिय निकाय घोषणाको तयारी गर्दै सरोकारवालाहरु बिच अन्तर्कृया सुरु गरिएको छ ।

संबैधानिक नीतिगत ब्यबस्था अनुसार बालमैत्री स्थानीय शासन अबधारणा तथा कार्यान्वयनका लागि कार्य योजना निर्माणका लागि मंगलबार देखि पुनर्वासमा अभिमुखिकरण सुरु गरिएको छ ।

स्थानीय निकायका हरेक तहमा बाल अधिकारको सुनिश्चितता गर्दै बाल मैत्री स्थानिय घोषणाका लागि निर्वाचित जनप्रतिनिधि ,कर्मचारी ,प्रहरी बिधालयका प्रधानाध्यापक लगायत सरोकारवाला हरुलाई मंगलबार देखि अभिमुखिकरण सुरु गरिएको छ ।

संविधान र निर्देशिकाले ब्यबस्था गरेको बाल अधिकारलाई स्थानिय स्तरमा स्थापित गराई बालमैत्री नगरपालिका घोषणाको लागि कार्यक्रम संचालन गरिएको हो ।

चाँडै घोषणाको तयारी पुरा भए ७ नम्बर प्रदेशको पहिलो बालमैत्री स्थानिय निकाय पुनर्वास हुनेछ । यस अघि घोषणा भएका स्थानीय तहहरु मध्य सुनवल नगरपालिका नेपालको पहिलो बालमैत्री स्थानिय निकाय हो ।

नेपाल सरकारको बालमैत्री स्थानिय शासन कार्यक्रम र पुनर्वास नगरपालिकाको संयुक्त आयोजनामा आयोजित अभिमुखिकरणमा बिष्णुप्रसाद चौबे र टापेन्द्र प्रसाद रिजालले सहजीकरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ