arrow

एएफसी एसियन कपमा नेपाल यमनसंग २–१ ले पराजित

logo
प्रकाशित २०७४ चैत १४ बुधबार
nepal-yaman.jpg

काठमाडौँ । एएफसी एसियन कप फुटबल २०१९ को छनोट चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । नेपाल यमनसंग २–१ ले पराजित भएको हो । 

कतारको दोहामा भएको खेलमा नेपाल रहेको समूहबाट फिलिपिन्स र यमन एएफसी एसियन कपका लागि छनोट भएका छन् । नेपाल र ताजिकिस्तान छनोट चरणबाटै बाहिरिएका छन् ।

नेपाललाई पराजित गर्ने क्रममा यमनका लागि खेलको २३ औँ मिनेटमा अब्दुल वासियालाई पहिलो गोल गरे । ४५ औँ मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

तर खेलको ८३ ‌औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै यमनका लागि अब्दुल वासियाले अग्रता दोब्बर बनाए । नेपालका विराज महर्जनले फल खेलेपछि यमनले पाएको पेनाल्टीलाई वासयियाले गोल गरेका थिए ।

नेपालले यमनलाई अहिलेसम्म हराउन सकेको छैन । नेपालमा भएको पहिलो लिगको खेल भने गोलरहित बराबरी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ