arrow

पटना भेटको सनसनी : ‘लालुले भेटे, नितिशले लखेटे’, मधेससंग रगतको सम्बन्ध छ, चुप-चाप बस्दैनौं : रघुवंश

‘नेपाली स्वाभीमानलाई चुनौती दिने अभिव्यक्ति कदापि सैह्य हुँदैन’

logo
प्रकाशित २०७२ माघ २० बुधबार
rajendra-mahato-sushil-modi.jpg.jpeg
काठमाडौं । तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता अन्दोलनमा सहयोगको याचना गर्दै छिमेकी मुलुक भारतको प्रान्तीय सत्ता गठबन्धको शरणमा परेको विषयले देशभर सनसनी मच्चीएको छ । सरकार, नागरिक र विभिन्न राजनीतिक संघ–संगठनहरुले मोर्चाका नेताहरुको भेट र भेटका क्रममा भारतीय नेताहरुले दिएको अभिव्यत्तिप्रति कडा आपत्ति जनाएका छन् । 
 
परराष्ट्र मन्त्रालयले मंगबारै विज्ञप्ती जारी गरेर नेपालको सार्वभौमसत्ता र स्वाभीमानमा आँचआउने गरी भारतीय नेताहरुले दिएको अभिव्यक्तिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तै, पू्र्व सभामुख तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ३०–३२ प्रतिशतले पारित भएका भारत, अमेरिकाको संविधानको तुलनामा नेपालको ९० प्रतिशत बढी मतले पारित भएको संविधान कुनै हालतमा कमजोर हुन नसक्ने बताउँदै संविधानमाथि प्रश्न गर्नु ढुंगे युगमा फर्किनु हो भनेका छन् । 
 
सोमबार साँझ पटनामा राष्ट्रिय जनता दलका अध्यक्ष एवं पूर्व रेल मन्त्री लालु प्रसाद यादवसंगको भेटमा मोर्चाका शीर्ष तीन नेताले आफुहरुलाई जनसहभागिता र सहजिकरणका लागि दिल्लीलाई भनिदिन आग्रह गरेका थिए । नेपाल सरकारको पूर्व विशिष्ट पदाधिकारी समेत रहिसकेका उपेन्द्र यादव र राजेन्द्र महतोले मर्यादा कुल्चेर सर्मनाक भेट गरेको भन्दै चर्को आलोचना भएको छ । 
 
मोर्चाका शीर्ष नेता राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र राय विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त रहे  । भेटको प्रकृति निकै अशोभनिय थियो । लालुको बसाइ र मोर्चा नेताको बसाई टाढा थियो । जुन मधेस केन्द्रीत नेताहरुले भन्ने गरेको नेपाल भारत नजिक सम्बन्ध र सजिलो सम्बन्ध विपरित । हेपाहा अर्थात् महत्व नदिए जस्तो । एक बोतल पानी दिएर स्थानीय देहातबाट आएका सरपञ्चहरुलाई जस्तो व्यवहार गरेको देखियो । लालुले कठ्याङग्रीदो चिसोमा समेत कोठा भित्रसम्म लगेनन् । बाहिरै प्लाष्टिकको कुर्सीमा (त्यो पनि टाढा) शिक्षकले विद्यार्थीलाई पढाए जसरी छलफल गरे । नेपाल सरकारका पूर्व विशिष्ट पदाधिकारी यादव र महतोले मर्यादा धूलोमा मिलाइदिएको टिप्पणी भइरहेकै छन् ।   
 
यस्तै, जनता दलका अध्यक्ष लालु यादव र उपाध्यक्ष रघुवंश प्रताप सिंहको अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता र स्वाभीमानमा आँच पुग्नेगरी दिएको अभिव्यक्तिप्रति चुरेभावर राष्ट्रिय एकता पार्टीले समेत आपत्ति जनाएको छ । चुरेभावरका अध्यक्ष बद्री न्यौपानेले विज्ञप्ती जारी गर्दै यो आफुहरुको मात्र नभई मुलुककै आपत्ति भएको उल्लेख गरेका छन् । उनले भनेका छन्,‘पूर्व काननु मन्त्री र पूर्व केन्द्रीय रेल मन्त्रीले सिंहदरबार घेर्नलाई जनता पठाउँछु भन्नु सामान्य विषय होइन ।’ नेपालको सर्वभौमसत्ता र स्वाभीमानको खिल्ली उडाउने अभिव्यक्ति कदापि सैह्य हुँदैन । उनले थपेका छन्, ‘मोर्चा नेताले हामीलाई सहयोग गर भनेर शरण पर्ने विषय स्वभाविक होला तर, नेपाललाई नै चुनौती दिने मक्सद कुनै हालतमा सैह्य हुन सक्दैन ।’ सिंहदरबार घेर्न जनता पठाइदेउ भन्नेले पनि सोच्न पर्दैन ? 
 
रघुवंशले के भने ?
जनता दलका उपाध्यक्ष तथा पूर्व कानुन मन्त्री रघुवंश प्रताप सिंहले हिजो गिरिजाप्रसाद कोइरालासंग भएको सम्झौता विर्सिने ? यो मधेसको तेस्रो आन्दोलन हो । कहिले २२ सुत्रिय कहिले ८ सुत्रिय सहमति गर्ने, अनि विर्सने । मनोमानी गर्ने ? भारत–नेपालको मित्रताको सम्बन्ध होला । तर, मधेस र हाम्रो रगतको संबन्ध छ । मधेसमा दमन हुँदा हाम्रो रगत बगेको छ । हामीलाई पीडा हुँदैन ? भारतीय संचारमाध्यममाझ आक्रोशित मुद्रामा उनले मधेसी मोर्चाको आन्दोलन कुनै हालतमा नरोकिने र आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको तथा चुप लागेर नबस्ने बताए । 
 
नितिशले भेट्न दिएनन् 
मधेसी मोर्चाका शीर्ष नेतालाई बिहारका मुख्यमन्त्री नितिशकुमारले भेट्न दिएनन् । यसअघि, मोर्चा नेताले नितिशलाई भेटिसकेको बताएका थिए । भेट्न नदिएपछि संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादव फर्किएका छन् । उपेन्द्र यादव भने बुधवार साँझ विराटनगर फर्कने कार्यक्रम छ । 
 
मोदीसंग भेट
बिहारको बिपक्षी दल भारतीय जनता पार्टीका नेता सुशीलकुमार मोदीलाई राजेन्द्र महतोले भेटेर आन्दोलनमा सहयोग गर्न भनेका छन् । पटनामा भएको भेटमा महतोले भाजपा नेता मोदीलाई आफ्ना मुद्दा स्थापित गर्न सहजिकरणका लागि दिल्लीलाई दबाब दिन आग्रह गरे । जवाफमा मोदीले सक्दो सहयोग गर्ने बचन दिएका छन् । 
 
आफुलाई मर्का पर्दा नातेदारलाई नभनेर कस्लाई भन्ने : सुमन 
सद्भावना महामन्त्री मनीष सुमनले आफुलाई मर्का पर्दा नातेदारलाई भन्नुलाई स्वभाविक मान्नु पर्ने बताएका छन् । उनले भने, ‘आफुलाई मर्का पर्दा नातेदारलाई नभनेर कस्लाई भन्ने ? नातेदारलाई मर्का सुनाइएको मात्रै हो ।’ तपाईको अध्यक्ष किन बिहारमै बरालिराख्या ? भेटघाट सकिसकेको छ । साँझ सम्म विराटनगर पुग्नु हुन्छ ।
 
विराटनगरमा आँखाको उपचार हुँदै थियो, दुई तीन पछि काठमाडौं फर्किनु हुन्छ । देब्रे आँखाको दृष्टी गुमेको भनेका राजेन्द्र महतो उपचार छाडेर पटनाका विभिन्न गतिविधिमा संलग्न हुनुलाई आश्चर्य मानिएको छ । पहिले पनि महतोले दिल्लीमा उपचार गर्दा चिकित्सकले गतिविधिमा संलग्न नहुनु भनेकामा उनले दैनि तीन–चार वटा भेट भ्याएका थिए ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ