arrow

सचिनले स्मिथ र वार्नरको पक्षमा के बोले ? 

logo
प्रकाशित २०७४ चैत १६ शुक्रबार
sachin-tendulkar_14725970.jpeg

काठमाडौं । विश्वविख्यात क्रिकेटर सचिन तेन्दुलकरले हालै बल टेम्परिङमा फसेका अष्ट्रेलियाका खेलाडीहरु स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरन ब्यानक्राफ्टका विषयमा बोलेका छन् । 

उनले भनेका छन्, ‘यिनीहरुलाई समय दिनुपर्छ, उनीहरुले आफूले गरेको गल्तीको माफी मागिसकेका छन् ।’

सामाजिक संजाल ट्वीटरमार्फत तेन्दुलकरले भनेका छन्, ‘उनीहरुले आफ्नो गल्तीमा पछुतो छ उनीहरुले आफ्नो गल्तीको सजाय भोग्नुपर्छ । उनीहरुको परिवारको बारेमा सोचौं, किनकि खेलाडीको साथमा उनीहरुको परिवार पनि हुन्छ उनीहरुले पनि यो झेल्नुपर्छ, अब समय आएको छ हामी पछि हटौं र उनीहरुलाई थोरै समय दिऔं ।’

अष्ट्रेलियाले केप टाउनमा दक्षिण अफ्रिका विरुद्ध तेस्रो टेष्ट खेल्ने क्रममा बल टेम्परिङ गरेपछि स्मिथ र वार्नरलाई एक वर्ष र ब्यानक्राफ्टलाई ९ महिना क्रिकेट खेल्न प्रतिवन्ध लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ