arrow

मन्त्रीहरुको सेवा सुविधामा मिलिजुली सहमति

logo
प्रकाशित २०७४ चैत १६ शुक्रबार
pradesh3-cabinet.jpg

हेटौँडा । प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति र गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि गरी जम्मा दुईवटा निर्णय गरेको छ । 

बैठकले प्रदेशसभाको बैठकमा पेश गर्नका लागि गाउँसभा र नगरसभा सञ्चालन गर्नका लागि कार्यविधि तयार गरेको सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता ढुंगेलले स्थानीय जनप्रतिनिधिको सेवा सुविधा फेरबदल हुन सक्ने बताए । 

उनका अनुसार स्थानीय तहका कार्यपालिका र जिल्ला समन्वय समितिका सदस्यहरुले माग गरेको सेवा सुविधाको सम्बन्धमा पनि मन्त्रिपरिषद्मा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ