विप्लवका कार्यकर्ताद्धारा एनसेलको टावरमा आगजनी, दुई जना पक्राउ
प्रकाशित २०७४ चैत १६ शुक्रबार
363
Shares
बनियानी झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् ।
आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी सहायक निरीक्षक पदमसुन्दर लिम्बूले जानकारी दिए ।
उनीहरुले बुद्धशान्ति–२ खतिवडा चोकमा रहेको एनसेल टावरमा आगजनी गरेका हुन् ।
आगजनीबाट एउटा जेनेरेटर, टावरमा रहेको तार जलेर नष्ट भएको छ ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि बिहीबारै इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको प्रहरीले जनाएको छ ।