arrow

हेम्जामा नवौं राष्ट्रिय आलु महोत्सब हुने

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ चैत १६ शुक्रबार
hemja.jpg

पोखरा ।  सून्दर ठाउ हेम्जा जाउ,आलुका स्वादिष्ट परिकार खाउ,आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ हेम्जामा नवौ राष्ट्रिय हेमजा आलु महोत्सब हुने भएको छ । बिष्णु पादूका क्लब हेम्जा र प्रधानमन्त्री कृषी  आधूनीकीकरण परियोजना  काठमाडौंको संयूक्त आयोजनामा हुन लागेको महोत्सब  चैत्र २२ देखि ३० गते सम्म चल्ने शुक्रबार हेम्जामा आयोजित पत्रकार सम्मेलनमा जानकरी दिए ।

  हेम्जाका कृषकको जीबनस्तर माथी उठाउने , स्थानीय लगाएत राष्ट्रिय अर्थतन्त्रलाइ योगदान गर्ने ,बढ्दो बैदेशिक रोजगारलाइ निरुत्साहित गर्ने ,कृषिमा आधारीत उद्योग खोल्ने वाताबरणको सृजना गर्ने  हेमजालाइ ,कृषी क्षेत्रको रुपमा बिकास गर्दे  उत्पादक र उपभोत्ता बिच प्रतक्ष्य भेटघाट गराइ ,सम्पर्क स्थापित गर्ने  लगाएतका उदेश्य राखेर, महोत्सब आयोजना गरिएको कार्यक्रम संयोजक सूबीन श्रेष्ठले बताए ।

पोखरालेखनाथ महानगरपालिका वडा नं २५ हेमजा स्थित बिष्णू पादूका खेल मैदानमा हूने महोत्सबमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रर्दशनी,आलुको पहाड निर्माण,कृषि झाकी प्रतियोगतिा,हास्य कलाकारको प्रस्तुति पप कन्सर्ट,बिभिन्न कृषि बिउ बिजन तथा अन्य कृषि यन्त्रको प्रर्दशनी,पक कन्र्सट,कबिता प्रतियोगीता,साइकल र्याली ,बिबिध सास्कृतिक कार्यक्रम,जापानिज सून्तला,च्याउ,कफि,चियाको बिक्री एबं प्रदर्शनी महोत्सबको आर्कषण को रुपमा रहेको बिष्णू पादूका क्लबका अध्यक्ष रमेश कार्की ले जानकारी दिए ।

महोत्सब सम्पन्न गर्न करिब २४ लाख ८५ हजार खर्च लाग्ने अनूमान गरिएको आयोजकले जानाएको छ । कृषी अनूसन्धान केन्द्र लूम्लेका  निर्देशक राम केसी ले हेमजाका कृषकले बिगत २५ बर्ष देखि एउटै जातको बिउ प्रयोग गर्दे आएका कारण , पछिल्लो समय  आलु उत्पादन मा ह्रास आउदै गएको बताउदै कृषकले राम्रो उत्पादन लिन गुणस्तरीय बिउ र प्राबिधिकको सल्लाह अनुसार आलु खेती गर्नुपर्नेमा जोड दिए ।

अगुवा कृषक धर्मराज बाँस्तोलाका अनुसार , हेम्जामा चार सय देखी चार सय पच्चिस हेक्टर क्षेत्रफलमा आलु खेती गरिदै आएको  तथ्याङक रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ