arrow

आठविसकोटमा डिग्रे शाईकुमारीको सेवा केन्द्र स्थापना

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ चैत १७ शनिबार
bramakumari.jpg

रुकुम ।  जिल्लाको सबै ठुलो सहकारी संस्था डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संथाले रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा आफ्नो सेवा केन्द्र स्थापना गरेको छ । मुसिकोट खलंगामा केन्द्रिय कार्यालय रहेको सहकारीले आठविसकोटमा तेस्रो सेवा केन्द्रको आज औपचारी रुपमा उद्धघाटन गरीएको हो ।

त्यस क्षेत्रका स्थानीयलाई सहज रुपमा सेवा दिनको लागि सेवा केन्द्रको स्थापना गरिएको सहकारीका कोषाध्यक्ष मोहविर खड्काले जानकारी दिए । सेवा केन्द्र स्थापना भएपछि अब यस क्षेत्रका स्थानीयले दैनिक बचत गरेर आर्थिक विकास गर्ने उनको विश्वास रहेको छ ।

जनतालाई सेवा दिनको लागि स्थापना भएको सहकारीले जनताको घरदैलोमा नै सेवा दिने उद्धेश्यका साथ सेवा केन्द्रको स्थापना भएको संस्थाकी सचिव मनिषा भण्डारीले बताए । अबदेखी सेवा केन्द्रबाटै ऋण प्रदान गर्ने व्यवस्था मिलाएको उनको भनाई छ ।

स्थानीयले सहकारीबाट सस्तोमा व्याजदरमा ऋण लिएर कृषि उत्पादनमा बृद्धि गरि आर्थिक विकास गर्नुका साथै व्यवसाय समेत सञ्चलन गर्न सक्ने सचिव भण्डारीले बताए । आफ्नो सहकारी संस्था कसैसँग प्रतिस्पर्धा गर्न नभई जनतालाई सेवा दिनको लागि स्थापना भएकाले जनतालाई पाएक पर्ने स्थानमा सेवा केन्द्रको स्थापना हुने उनको भनाई छ ।

यस भन्दा पहिले सहकारीले जिल्लाको त्रिवेणी गाउँपालिकाको झुल्नेटा र रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ रुकुमकोटमा शाखा स्थापना गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ