arrow

डीपीएल क्रिकेट : काठमाडौं गोल्डेन्सलाई १४६ रनको चुनौती, साहब आलमको ह्याट्रिक

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
DPL-2.JPG

कैलाली । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको पहिलो खेलमा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्ससामु १ सय ४६ रनको चुनौती पेश गरेको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको टिम चौराहले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । टिम चौराहको तर्फबाट सुनील धमलाले सबै भन्दा बढी ५७ बलमा ६८ रन बनाए । सुरुवाती व्याटिङ गरेका सुनिल धमलाले २ छक्का र ८ चौका प्रहार गरे ।
यस्तै, शंकर रानाले ३१ बलमा ३६ रन जोड्दा राजु रिजालले १० रन बनाए ।

काठमाडौं गोल्डेन्सका साहब आलम ह्याट्रिक विकेट लिएका छन् । ४ ओभर बलिङ गरेका सहाबले २३ रन खर्चिएका थिए । उनले १८औं ओभरको तेस्रो बलमा सुनिल धमलालाई विकेट किपर जयकिशन कोल्सावालाको हातबाट स्टपिङ गराए ।

यस्तै, चौथो बलमा सहाबले कप्तान सोमपाल कामीलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए भने, पाँचौ बलमा उनले सोनु तामाललाई फेरि ज्ञानेन्द्रकै हातबाट क्याच गराए । काठमाडौंका किशोर महतो, सन्नी पटेल र रासिद खानले पनि समान १ विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ