arrow

साहबको ह्याट्रिक विकेट मद्दतले काठमाडौं गोल्डेन्स जित्यो

logo
प्रकाशित २०७४ चैत १७ शनिबार
DPL-2_FNL.JPG

कैलाली । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको पहिलो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ । साहब आलम ह्याट्रिक विकेट मद्दतले काठमाडौं विजयी भएको हो ।

प्रदेश ७ संघीय प्रहरी इकाई कार्यालयको मैदानमा शनिबार भएको खेलमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीलाई ७ विकेटेले हराएको हो । धनगढीले दिएको १४६ रनको चुनौती काठमाडौंले १८ ओभर ४ बलमै पार गर्‍यो ।

काठमाडौंका लागि अमित श्रेष्ठले ८१ र नरेश बुढाऐरले अजिजित २४ रन बनाए । अमितले ६५ बल खर्चिएर ४ छक्का र ९ चौका प्रहार गरे । धनगढीका सम्साद शेखले र सुनील धमलाले १ विकेट लिए ।

टस हारेर व्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १ सय ४५ रन बनायो । धनगढीका लागि सुनील धमलाले ५७ बलमा ६८ रन बनाएका थिए । शंकर रानाले ३१ बलमा ३६ रन बनाउँदा राजु रिजालले १० रन जोडेका थिए ।

४ ओभर बलिङ गरेका सहाब आलमले २३ रन खर्चिएर ह्याट्रिक विकेट लिएपछि धनगढी कमजोर भएको थियो । उनले १८औं ओभरको तेस्रो बलमा सुनिल धमलालाई विकेट किपर जयकिशन कोल्सावालाको हातबाट स्टपिङ गराए ।

यस्तै, चौथो बलमा सहाबले कप्तान सोमपाल कामीलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए भने, पाँचौ बलमा उनले सोनु तामाललाई फेरि ज्ञानेन्द्रकै हातबाट क्याच गराए । काठमाडौंका किशोर महतो, सन्नी पटेल र रासिद खानले पनि समान १ विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ