arrow

एकै पटक दुइ सिंचाई आयोजनाको निर्माण कार्य सुरु

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ चैत १७ शनिबार
badh.JPG

कपिलवस्तु  । सिंचाईको समस्याले समस्यामा परेका किसानहरुको लागी कपिलवस्तु नगरपालिकामै एकै पटक दुई वटा सिचाइ आयोजनाको काम सुरुवात भएको छ ।

सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु नगरपालिकामा एकै पटक दुई सिचाई आयोजनाको  निर्माण सुरु भएको   छ । कपिलवस्तु नगरपालिका– २ मा लम्तीय सिचाई आयोजना र नगरपलिको वडान नम्बर ८ मा दोहनी सिंचाई आयोजनाको निर्माण सुरु भएको हो । सिंचाई विकास डिबिजन अनुसार लम्तीयामा ८ करोड ७४ लाख र दोहनीमा ९ करोड ९१ लाखको आयोजना निर्माण हुदैछ ।दुबै सिंचाई आयोजनाको सिलान्यास गर्दै पुर्व सिंचाई राज्य मन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले आयोजनाले कृषकहरुलाई धेरै फाईदा पुग्ने बिश्वास ब्यक्त गरे ।

 पुर्व सिंचाई राज्य मन्त्री आचार्यकै पहलमा दुबै स्थानमा सिंचाई आयोजनाको बजेट र बिनियोजित भएको हो । आचार्यले जिल्लाकै ठुलो बाणगंगा सिचाई आयोजनाले रहेको कपिलवस्तु नगरपालिमा यी दुई सिचाई आयोजनाले नगरपालिकमा सिचाइ सुबिधा बिस्तार हुने बताए । प्रदेश नम्बर ५  की प्रदेश सदस्य रिना नेपलले सिंचाई आयोजनाले कृषकहरुले दुई फसल सजिलरी लगाउन सक्ने बताईन । उनले सिंचाई सुबिधालाई बढाउन आफुले पनि प्रदेश बैठकमा कुरा उठाउने बताईन । मेयर किरण सिंहले नगरपालिकाले सिंचाईको सुबिधा बिस्तारकालागि थप बजेटहरु बिनियोजित गर्ने बताए ।

उनले कृषकहरुको माग अनुसार आवश्यक अन्य कृषि सेवाहरु समेत बढाउने बताए । दुबै सिंचाई आयोजनाको २ महिना अघि देखि निर्माण सुरु भएको हो । सिचाई आयोजना २०७६ असोजमा निर्माण सपन्न हुने योजना छ । लम्तिया सिंचाई आयोजनाा अन्र्गत ३ दशमदव १ किलो मिटर मुख्य नहर र ५ वटा शाखा नहर निर्माण गरिनेछन । यसमा हेड बक्र्स र ४३३ मिटर नहर लाईनिङ गरिनेछ । सिचाइ आयोजनाले ३सय ९ घरधुरीका २ हजार ४९० कृषकलाइ प्रत्यक्ष फाईदा पुग्ने सिचाई डिबिजनका प्रमुख राजेन्द्र महतोले बताए । आयोजनाले ३ सय हेक्टर सिचाई सुबिधा बिस्तार हुनेछ ।

 दोहनी सिंचाई आयोजामा ४ दशमलव ४ किलो मिटर मुख्य नहर बनाईनछ । सय मिटरको पक्की लाईनिङ, सानो कुलो पुल ३ वटा, ४ वटा फाटक बनाईन छन । आयोजाले ७ सय हेक्टरमा सिंचाई सुबिधाले ४ हजार कृषकलाई प्रत्यक्ष फाइृदा पुग्ने छ । दुबै आयोजनाकालागि जमुहार खोलाबाट पानी लगिनेछ ।

सो अवसरमा नगरपालिकाका प्रमुख किरण सिंह, उप प्रमुख लक्ष्मी गुप्ता, प्रशासकिय अधिकृत विमल राज आर्चाय, २ नं वडाका वडा अध्यक्ष रामभजन कलवार, ८ नं वडाका वडा अध्यक्ष शिव प्रसाद पाण्डेय, वडा सदस्य दुर्गेस पाण्डेय लगायतले योजना सफलताको शुभकामना दिएका थिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ