arrow

राष्ट्रिय टोली बाहिर रहेका विनोदको टोलीले हरायो पारसको टोलीलाई 

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
DPL_win1.jpg

कैलाली । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा महेन्द्र नगर युनाइटेड विजयी भएको छ । 

महेन्द्रनगरले विराटनगर किङ्ग्सविरुद्ध ३३ रनको रोमाञ्चक जित निकाल्यो । महेन्द्रनगरले दिएको एक सय ६९ रनको चुनौती पछ्याएको विराटनगर १९ ओभरमा अलआउट हुन पुग्यो । अलाउट हुनुपूर्व उसले जम्मा एक सय ३५ रन मात्रै बनाउन सक्यो । 

विराटनगरका लागि पृथ्यु बास्कोटाले ३५, हङकङका खेलाडी बाबर हायतले ३२ र अनिल साहले २३ रन बनाए । कप्तान पारस खड्काले १६ रन बनाए । पारसको टोलीलाई विनोद भण्डारीको टोलीले हराएको हो । लामो समय राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका विनोद भण्डारी पछिल्लो समय नेपाली टोलीबाट बाहिर थिए ।

यो खेलमा टस जितेर पहिले व्याटिङ गरेको महेन्द्र नगरका लागि भारतीय खेलाडी पुनीत मेहराले अविजित ३८ रन बनाए । १८ बल खर्चिएका उनले ३ छक्का र दुई चौकाको मद्दतले सबै भन्दा बढी रन बनाए । कप्तान विनोद भण्डारीले ३५ रनको योगदान दिए । विकेट किपर पुनित विष्टले २४ रन बनाए । बलिङतर्फ दुई विकेट लिएका पुनीत मेहरा म्यान अफ दि म्याच भए ।   

यसअघि आइतबारै भएको अर्को खेलमा सीवाइसी अत्तरियाले रुपेन्देही च्यालेन्जर्सविरुद्ध ९ विकेटका शानदार जित दर्ता गरेको थियो । अत्तरियाले रुपन्देही च्यालेन्जर्सले दिएको ६२ रनको चुनौती ७ ओभर ३ बलमै भेट्टाएको थियो । अत्तरियाका लागि गौरब चित्काराले अविजित ३० र प्रेम तामाङले अविजित १४ रन बनाए । कप्तान सुवास खकुरेल १९ रनमा आउट भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ