arrow

एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना 

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
ncell-axiate-company-logo.jpeg

काठमाडौं। एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ। यो योजना अन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्सभिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन्। यसका साथैपरीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याक सँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभ लिन सक्नेछन्। 
 
यो अफर यहि सोमबार (चैत्र १९) देखि लागु हुनेछ।  एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन्।

यो योजना अन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजे देखि अर्को दिनको साँझ ५ बजे सम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन्। आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो। परीक्षार्थीले आईफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन्। 
 
पहिलो सिम सुचारु गर्नुहुने ग्राहकले रु ५० वा सो भन्दा बढीको रिचार्ज गरे पछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन्। माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन्। माइफाइभ समुहमा ३० दिन पछि कल गर्दा प्रति मिनेट कर बाहेक रु ०.९९ शुल्क लाग्नेछ। 
 
ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास  डायल गरी प्राप्त निर्देशन अनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन्। माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ।
 
साथै एक वर्षसम्म रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा र १०० एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन्। बोनस स्वरुप प्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लगि मान्य रहनेछ। 
 
यति मात्र हैन, एसईई परीक्र्र्षाीका लगि ल्याइएको विषेश डेटा प्याकले यस योजनालाई थप आकर्षित बनाएको छ। यो योजना अन्तर्गत परीक्षार्थीले डे डेटा प्याक अन्तर्गत कर सहित मात्र रु २० मा ३०० एमबि डेटाको मजा लिन सक्नेछन्। यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा ७ पैसा प्रति एमबिमा डेटा सेवाको फाइदा लिन सक्नेछन् भने कर सहित मात्र रु २० मा नाइट डेटा प्याक अन्तर्गत बेलुका ११ बजे देखि बिहान ७ बजे सम्म अनलिमिटेड डेटा सेवाको लाभ लिन सक्नेछन्। नाइट डेटा प्याक २४ घण्टाको लागि मान्य रहनेछ। परीक्षार्थीले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरि यो अफर अन्र्तगतको डेटाको लिन सक्नेछन्।
 
एसईई २०७४ को परीक्षार्थीहरुका लागि यो विषेश योजना ल्याउन पाउँदा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ। यो अफरले परीक्षार्थीहरुको भ्वाइस, डेटा तथा एसएमएस सेवाको आवश्यकतालाई सम्बोधन गर्दै उनीहरुको मनोरञ्जनको लागि हरेक दिन ३ घण्टा आईफ्लिक्समा रहेका कुनै पनि सामाग्री निःशुल्क हेरेर मजा लिन सक्नेछन्। यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागि मान्य रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ