arrow

मदन भण्डारी गोल्डकपको फाइनल खेल विवादमा 

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
madan_bhandari_gold_cup.JPG

काठमाडौं । बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल अन्योलमा परेको छ । सेमीफाइनल खेलेको भोलीपल्टै खेल नखल्ने भन्दै, थ्री स्टार क्लबले अडान राखेपछि, फाइनल खेल विवादमा परेको हो ।

आइतबार आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई १–० ले हराउँदै थ्री स्टार फाइनलमा पुगेको छ । तर आयोजकले फुटबलको नियम र आफुहरुसँग गरेको सहमति विपरित सोमबार नै फाइनल खेलाउन लागेको भन्दै थ्री स्टारले आपत्ति जनाएको हो । 

के हो विवाद : 
मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको तालिका अनुसार अस्ती शनिबार नै फाइनल खेल हुनु पर्ने थियो । तर हावाहुरीका कारण शुक्रबार खेल हुन सकेन । आयोजक टोली फुटबल खेल्न शनिबार कटारीमै थियो । आइतबार मात्रै आयोजक र थ्री स्टार भिडे । बुद्ध चेम्जोङको गोलमा थ्रीस्टार विजयी भयो र चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीसँगको भिडन्त पक्का गर्रयो । 

आयोजकसँगको सहमतिमा फाइनल खेल मंगलबारका लागि सारिएको थियो । तर, आइतबार मदन भण्डारी स्पोर्टस् एकेडेमीसँगको खेल सकिन १० मिनेट बाँकी रहँदा, आयोजकले फाइनल खेल सोमबार हुने घोषणा मैदानमै गरेपछि, थ्री स्टार आक्रोसित बनेको हो । थ्री स्टारका महासचिव संजीव शिल्पकारले, फिफा र फुटबल कै नियम विपरित एउटा खेल खलेको कम्तिमा ४८ घण्टा सोही टोलीलाई अर्को खेल खेलाउन नपाइने र खेल जारी रहेकै बेला अर्को खेलको घोषणा गर्न नपाउने नियम आयोजकले तोडेकोले याे खेलमा सहभागी हुने नहुने भन्ने टुुंगो नलागेको बताए । साेमबारै फाइनल भएमा खेल्ने नखेल्नेबारे निर्णय गर्न क्लबको बैठक बस्न लागेको जानकारी पनि शिल्पकारले दिएका छन् । साथै आयोजसँग कुरा गर्न क्लबका अध्यक्ष अरुणमान जोशी विमानबाट भैरहवा हुँदै बुटवल जाँदैछन् । जोशी बुुटवल पुुगेपछि मात्रै आजै फाइनल भएमा खेल्ने नखेल्नेबारे निर्णय लिइने शिल्पकारले बताएका छन् । 

आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमीले भने, फाइनलका लागि सबै तयारी पुरा भएकोले सोमबारै खेल खेलाइने अडान राखेको छ । प्रतियोगिताको विजेतालाई १५ लाख र उपविजेताका लागि ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ