arrow

आपूर्ती मन्त्रीले भने - नेपाल भारत सिमामा सुरक्षा चेक जाँच चौकी उद्घाटनका लागि तयारी गर्नुहोस्

logo
बिजय चौहान,
प्रकाशित २०७४ चैत १९ सोमबार
yadav.jpg

वीरगन्ज । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवलेले एकीकृत सुरक्षा चेक जाँच चौकी (आइसिपी)लाई उदघाटनकालागि तयारी अवस्थामा राख्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।  उनले निर्माण कार्यपुरा भएको आइसिपीको कुनैपनि बेला उद्घाटन हुन सकिने भएकाले तयारी अवस्थामा रहन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।  आइसिपिको सोमबार  स्थलगत अनुगमन गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् ।

उनले आइसिपिको पुर्वाधार निर्माणकार्य सम्पन्न भएको र बाकी रहेको  प्रविधिक कार्यलाई  चैत्र २२ गते भित्र पुरा गरी संचालनकलागि तयारी अवस्थामा बस्न कर्मचारीहरुलाई बताए ।

राष्ट्रिय गौरबको परियोजना आइसिपीले देशकै व्यपारको  विकासमा मत्वपूर्ण भुमिका  निर्वाह गर्ने भएकाले यथासिघ्र  संचालनमा ल्याउने पक्षमा नेपाल सरकार रहेको मन्त्री यादवले जानकारी दिए  ।

अनुगमनको क्रममा आइसिपिवारे जानकारी दिन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वीरगन्ज नाकाको सबै व्यपार एकै चोटी आइसिपिमा स्थान्तरण गर्न सम्भव नभएकाले विस्तारै विस्तारै यसलाई पूर्ण क्षमतामा लैजान कर्मचारीहरुलाई निर्देशन दिए । उनले भारततर्फ रहेको आएसिपीका अधिकारीहरुसंग समन्वय गरी  संचालनका क्रममा हुन सकिने अप्ठयारा वारे छलफल गर्न कर्मचारीहरुलाइ आग्रह गरे।

वीरगन्जको अलौमा निर्माण भएको आइसिपिले व्यपार प्रवधनमात्र नभई यसले व्यपारी र कर्मचारीलाई समेत सुसंस्कृत बनाउने मन्त्री यादवले विश्व्वास व्यक्त गरे। उनले भन्सारहरुमा हुने गरेको अव्यवस्थालाई व्यस्थित गर्नुको साथै वैध व्यपारलाई  प्रोत्साहन र अबैध व्यपारलाई निरुत्साहित समेत गरी राष्ट्रिय अर्थतन्धलाई बलियो बनाउने  मद्दत दिने दावी गरे ।  

कार्यक्रमा सहभागि रहेका नेपालका लागि भारतीय राजदूत मन्जित सिंह पुरीले चाँडै आइसिपिको उद्घाटन गर्ने तयारी भएकाले दुवै पक्षका कर्मचारी बसी संचालनको सबै प्रकृया वारे आपसि छलफल गरी तयार हुन नेपाल भारतका र्कचारीहरुलाई आग्रह गरे । उनले नेपाल भारत बीचको मैत्री कै रुपमा रहेको आइसिपि सक्दो चाडो पूर्ण क्षमतामा संचालन होस आफुहरुको चाहना भएपनि वीरगन्ज नाकाको पुरै व्यपार एकैचोटी आइसिपिमा सार्न सम्भव नभएकाले सकिने कामबाट सुरुवातका लागि तयारी गर्न दुवै पक्षका कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा उपस्थित रहेका बाणिज्य मन्त्रालयका सचिव चन्द्र घिमिरेले पुर्वधार निर्माण कार्य सम्पन्नभएको र अव प्रविधिक कार्य मात्र बाकि भएकाले त्यसलाई दुई तीन दिन भित्र पुरा गरीने जानकारी दिए ।  

 यसै बीच थप मुवाब्जाको मांग गर्दै आइसिपिको मुल गेटमा धर्ना बसेका अलौंबासिलाई आन्दोलनलाई स्थागित गर्न मन्त्री यादवले आग्रह गरे। आइसिपि अनुगमन गर्न अलौ पुगेका मन्त्री यादवले धर्ना बसेका स्थानियलाई सम्बोधन गर्दै उनले वार्ता र छलफलबाट निकास खोज्न आग्रह गरे । उनले संचालनको तयारीमा रहेको  आइसिपिमा स्थानियलाई रोजगारीको व्यवस्था मिलाईने प्रतिवद्धता व्यक्त गर्दै उनले  धर्ना छाडी आ–आफनो काममा लाग्न सबैलाई  अपिल गरे।

मन्त्री यादवको प्रतिवद्धतापछि मुवाब्जा पिडित संर्घष समितिका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले सरकारले वार्ताको लागि पत्र पठाए धर्नालाइृ स्थगित गर्न आफुहरु तयार रहेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ