arrow

मदन भण्डारी नकआउट फुटबलको उपाधि थ्री–स्टारलाई, मनाङ पराजित

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
three-star.JPG

बुटवल । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टार क्लबले जितेको छ । 

मदन भण्डारी स्पोस्र्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा बुटवलको रामनगरस्थित कालिका मानव ज्ञान माविको मैदानमा सोमबार भएको फाइनल खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै थ्री–स्टारले सो उपाधि जितेको हो । 

खेल शुरु भएको दोस्रो मिनेटमा नै अग्रता लिए पनि त्यसलाई मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले जोगाउन नसक्दा मनाङ पराजित भयो । 

खेलको खेलको दुई मिनेटमा मनाङ–मस्र्याङ्दीका विशाल रानाले र थ्री–स्टारका अनन्त तामाङ र विदेशी खेलाडी मार्टिनले क्रमशः ६९ र ८२ मिनेटमा गोल गरेका थिए । उपाधिसँगै थ्री–स्टारले रु १५ लाख पुरस्कार पाएको छ । 

गोल्डकपको उपाधि जित्न सफल टिमलाई प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुरस्कार तथा कप प्रदान गरेका थिए । 

१५ दिनभित्र बुटवलमा दोस्रो उपाधि जितेको थ्री–स्टारको यो वर्षको चौथो उपाधि हो । बुटवलमा उसले १५ दिनअघि गत महिना मात्र तिलोत्तमा गोल्डकपको उपाधि उचालेको थियो । 

उपविजेता मनाङले रु सात लाख ५० हजार पुरस्कार पाएको छ । प्रतियोगितामा मनाङ–मस्र्याङ्दीका अञ्जन विष्ट सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले नगद रु ५० हजारसहित पुरस्कार पाएका छन् । 

सर्वाधिक गोलकर्ताको पुरस्कार पनि विष्टले नै जितेका छन् । उहाँले रु १५ हजार नगदसहित पुरस्कार पाएको छ । 

त्यस्तै उत्कृष्ट गोलकिपर मदन भण्डारीका विनायक श्रेष्ठ, उत्कृष्ट गोलरक्षक थ्री–स्टारका विदेशी खेलाडी पिटर, उत्कृष्ट मध्यपंतीमा निराजन खड्का, उत्कृष्ट फर्वाडमा विदेशी खेलाडी मार्टिन र उत्कृष्ट कोचमा मेघराज केसीले पुरस्कार जितेका छन् । प्रत्येकले जनही रु १५–१५ हजार प्राप्त गरेका छन् । 

यही चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा राष्ट्रियरुपमा ए डिभिजनका ९ वटा समूह र अन्तर्राष्ट्रियरुपमा मलेसियाबाट एउटा समूह गरी यो खेलमा जम्मा १० समूह सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ