arrow

विश्वकप दिलाएकै दिन धोनीलाई पद्म भूषण

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
dhoni.jpg

काठमाडौं । भारतलाई विश्वकप एक दिवसीय क्रिकेटको उपाधि दिलाएकै दिन तत्कालीन कप्तान महेन्द्र सिंह धोनी देशको तेस्रो सर्वोच्च नागरिक सम्मानबाट सम्मानित भएका छन् । 

धोनीलाई भारत सरकारले पद्म भूषणबाट सम्मानित गरेको हो । राष्ट्रपति भवनमा सोमबार साँझ आयोजित विशेष समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले धोनीलाई पद्म भूषणबाट सम्मानित गरेका हुन् ।

सन् २०११ अप्रिल २ तारिखकै दिन मुम्बईको वाङ्खडे रंगशालामा श्रीलंकालाई ६ विकेटले हराउँदै धोनी नेतृत्वको टिमले भारतलाई विश्वकप जिताएको थियो ।

धोनी लेफ्टिनेन्ट कर्णेलको पोशाकमा राष्ट्रपति भवन पुगेका थिए । धोनीले यसअघि सन् २००७ मा राजीव गान्धी खेल रत्न अवार्ड पाएका थिए । 

सोमबार राष्ट्रपति भवनमा अयोजित समारोहमा धोनीसँगै १९ पटकका विश्व च्याम्पियन बिलियार्ड खेलाडी पंकज आडवाणीलाई पनि पद्य भुषण प्रदान गरियो ।

समारोहमा भारतीय उपराष्ट्रपति बैंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उपस्थित थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ