arrow

बलात्कारको घटनामा कमि ल्याउन पर्सा प्रहरीले सुरु गर्‍यो विशेष अभियान

logo
बिजय चौहान,
प्रकाशित २०७४ चैत २० मंगलबार
parsa-police.jpg

वीरगन्ज । पर्सा जिल्लामा पछिलो केही  महिना यता बलात्कारको घटनामा वद्धी भएपछि त्यसलाई रोकन प्रहरीले विशेष अभियना सुरु गरेको छ ।  जिल्लाको ग्रामिण भेगमा रहेका  नावालिका बलात्कृत हुने घटना बढेपछि त्यसलाई रोकन जिल्ला प्रहरी कार्यालय पर्साले बुधवारदेखी “जबरजस्ती करणी अपराध अनुसन्धन” अभियानको सुरुवात गरेको हो ।

वीरगन्जको घण्टाघर चोकमा पर्सा प्रहरीले आयोजना गरेको प्रतिवद्धता कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले 'म यो अपराध हुन दिन्न यस्को दोषीलाई कानुनी कार्वाहीको लागि प्रतिबद्धता व्यक्त गर्दछु’ भन्ने व्यहोरा लेखिएको रजिष्टर पुस्तिकामा हस्ताक्षर गरेर अभियानको उद्घाटन गरेका छन् ।  अभियानको उद्घाटन गर्दै प्रजिअ सिंहले बलात्कार जघन्य अपराध मात्र नभई यो मानवता विरोधी गतिविधी समेत भएको धारणा व्यक्त गरे । उनले  बलात्कार जस्तो अपराधमा संलग्न रहेका अपराधीलाई जोगाउन खोजने समेत मानवता विरोधी भएको र बलात्कारी जोगाउन खोजने समेतलाई कैस सजायको ऐनमा व्यवस्था रहेको प्रष्ट पारे ।

बलात्कार जस्तो मानवता विरोधी अपराध गर्ने जोसुकै भएपनि कानुनको दायरामा आउनै पर्ने र यसका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताउदै प्रजिअ सिंहले बलात्कारीका लागि वर्तमान कानुनमा   गरिएको कैद सजायको  प्रवन्द्ध कम भएको चौतर्फी बहस भएको  जानकारी दिए । उनले कानुनमा भएको व्यवस्थालाई बदलि थप कडा कानुन बनाउन चौतर्फी दवाबको अवश्यक्ता रहेको औल्याए ।

‘हरेक अभिभावकले आफ्ना  छोरा छोरीले के गरिरहेका छन् , कहा गइरहेका छन् , कस्तो संगतमा परेका छन् जस्ता कुरामा निगरानी राखे बलात्कारका घटनामा कमी आउन सक्ने  प्रजिअ सिंहले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रहरी उपरिक्षक डाक्टर गणेश रेग्मीले ‘कलिला वालिकालाई बलात्कार गर्ने व्यक्ति मनोरोगबाट ग्रसित रहेको अनुसन्धनहरुले देखाएको छ, त्यस्ता मनोरोगीको पहिचान गरी समयमा उपचार गराए र घर कै नारीबाट सन्तालाई नैतिक शिक्षा वारे ज्ञान दिइए बलात्कारको घटनालाई न्युन गर्न सकिने’ बताए ।  

प्रहरीले थालेको जबरजस्ति करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान पर्साको प्रत्येक गाँउ र टोलमा सन्चालन गरिने जानकारी  दिदै, कुनैपनि अपराधीक कृयाकलाप भएको देखेमा वा थाह पाएमा तुरुन्त प्रहरीको १०० मा फोन गरी सहयोग गर्नु सर्वसाधारणलाई उपरिक्षक रेग्मीले अनुरोध गरे।

  कार्यक्रममा विभिन्न सरकारी गैर सरकारी संस्थाका एक सय २६ जना प्रतिनिधीहरुले बलात्का जस्तो  जघन्य अपराध न्युनिकरणमा आवश्यक सहयोग पुर्‍याउने लिखित प्रतिवद्धता व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ