arrow

च्याम्पियन्स लिग: रियाललाई युभेन्टसको कडा चुनौती, बायर्न जितकालागि खेल्ने 

बेल र ईस्को खेले बेन्जेमा बाहिरिने

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
champions-league-news.jpeg

एजेन्सी। च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनी क्लब रिायल मड्रिड र ईटालियन क्लब युभेन्टस बिचको क्वार्टरफाईनलको पहिलो लेग युभेन्टसको घरेलु मेदानमा हुँदैछ। त्यसैगरि जर्मन क्लब बायरन म्युनिख र स्पेनी क्लब सेभिया बिचको खेल सेभियाको घरेलु मैदानमा हुने छ। 

रिायल मड्रिड ला-लिगामा भैरहेको प्रदर्शनलाई बिर्सिएर लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधिको दाउमा रहेको छ। रियालका म्यानेजर जिदानले स्पष्ट रुपमा भनेका छन् 'गत १० महिना हामीले कस्तो खेल्यौं भन्दा पनि अब कस्तो खेल्छौं त्यो महत्वपुर्ण रहेको छ।' 

रियाल मड्रिडले पहिलो एघारमा को उतार्छ भन्ने चाँसो सर्वत्र बढिरहेको छ। रिायलका खेलाडी लुका मोडरिचले गारेथ बेललाई पहिलो एघारमा उतार्नु पर्छ भन्ने कुरो गरिरहँदा म्यानेजर जिनेदिन जिदानले खासै केही बोलेका छैनन्। 

मोडरिचले बेलका बारे भनेका छन् -' बेल राम्रो लयमा छन् र उनले गोल पनि गरिरहेका छन्। घाईते भएका कारण यो सत्र उनकालागि खासै राम्रो रहेन तर पछिल्लो समयमा उनी खूशी छन्।' 

बेल पहिलो एघारमा पर्नु भनेको अर्का स्टार खेलाडी ईस्को बाहिर बस्नु पर्ने हुन्छ । जो खेले पनि टिम उतिकै बलियो रहने मोडरिचले बताएका छन्। 

टिम म्यानेजर जिदानले लालिगामा रहेको प्रदर्शनसँग च्याम्पियन्स लिगसँग कुनै सम्बन्ध नरहेको बताएका छण्। हाम्ले पछिल्लो १० बर्षमा कस्तो खेल्यौं भन्दा पनि अब कस्तो खेल्छौं त्यो महत्वपुर्ण हुने बताएका छन्। 

ईसको गत हप्ता खेलेका छैनन् तर पुर्ण स्वस्थ रहेका छन्। ईस्को र बेलमा कल्लाई खेलाउने दोधारमा बेन्जेमालाई पनि बेन्चमा राख्न सक्ने अनुमान गर्न थालिएको छ। 

युभेन्टस-मड्रिड
रियाल मड्रिड र युभेन्टस बिचको खेलमा युभेन्टस आफ्नो गृहमैदानमा सन् १९६२ देखि पराजित भएको छैन्। उस्ले आफ्नो त्यही गती कायम राखेमा मड्रिडलाई गाह्रो पर्ने निश्चित रहेको छ।

युभेन्टस र मड्रिड बिचको यो युरोपियन फुटबल (च्याम्पियन्स लिग र युरोपियन कप)मा २०औं भेट हो। रियालले ९ पटक जितेको छ भने युभेन्टसले ८ पटक जित हासिल गरेको छ। 

युभेन्टस यसअघि नै ७ पटक च्याम्पियन्स लिगको सेमीफाईनल खेलिसकेको छ भने रियालले १२ पटक च्याम्पियन्स लिगको सेमीफाईनल खेलिसकेको छ। 

आफ्नो घरेलु मैदानमा युभेन्टसको राम्रो प्रदर्शनको ईतिहास हेर्दा रियाललाई कडा टक्कर दिने निश्चित रहेको छ। 

सेभिया-म्युनिख

पाँच पटकको युरोपियन बिजेतालाई पराजित गर्दै सेभिया ईतिहास रच्न चाहान्छ , सेभियाका म्यानेजर भिनसेन्थो मोन्तेलाले बनेका छन्। 

सेभियाले म्यानचेस्टर युनाईटेडलाई पराजित गर्दै क्वार्टरफाईनलमा स्थान पक्का गरेको हो। सेभियाको गृहमैदानमा हुने खेलमा सेभिया उत्साहित देखिएको छ। 

सेभिया र म्युनिख बिच युरोपियन फुटबल प्रतिस्पर्धामा यो पहिलो खेल हुनेछ। म्युनिख १७औं पटक च्याम्पियन्स लिग क्वार्टरफाईनल खेलिरहेको छ भने  सेभियाको यो दोस्रो पटक रहेको छ। इहिलो पटक सन् १९५७-५८मा रियाल मड्रिडसँग १०-२ ले पराजित भएको थियो। 

बायर्न बुन्डेस लिगामा शानदार प्रदर्शन गरिरहेका कारणले पनि सेभीयाको घरेलु मैदानमा जितकालागि खेल्ने छ भने सेभिया आफ्नो मैदान र दर्शकको साहायताले म्युनिखलाई स्तब्ध पार्ने दाउमा रहने छ। 

फुटबल अनिश्चितताको खेल भएको हुनाले कुनै पनि टोलीले कुनै पनि नतिजा निकाल्न सक्नेछ। नयाँ दिन नयाँ खेलका रुपमा खेलिने हुनाले खेलको दिन राम्रो खेल्नेले आफ्नो भागमा जितको पदवी राख्ने छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ