arrow

अष्ट्रेलिया बिरुद्ध अफ्रिकाको शानदार जीत, रबाडा शृखंलाका उत्कृष्ट खेलाडी

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
Rabada_sa1.jpg

एजेन्सी। दक्षिण अफ्रिकाले अष्ट्रेलिया बिरुद्धको चौथो एवं अन्तिम टेष्ट ४सय ९२ रनको बिसाल अन्तरले जित्दै शृखंला ३-१ले जितेको छ। 

तेस्रो टेष्टमा बल बिगारेको आरोप लागेर कप्तान, उपकप्तान तथा एक प्रारम्भिक ब्याट्सम्यान गुमाएको अष्ट्रेलिया चौथो टेष्टमा अफ्रिका सामु निरिह देखिएको थियो। 

चौथो टेष्टमा टोलीमा रहेका तीन  भरपर्दा ब्याट्सम्यानहरुलाई प्रतिबन्ध लागेपछि अष्ट्रेलियाको ब्याटीङ धरासायी भएको थियो। 

टस जितेर पहिले ब्याटिङ गरेको अफ्रिकाले पहिलो पारीमा ४ समय ८८ रन बनाएको थियो। उसकालागि प्रारम्भिक ब्याट्सम्यान एडेन मारकामले १ सय ५२ रन बनाएका थिए भने टेम्बा बाभुमाले अँिजित ९५ रन बनाएका थिए। अष्ट्रेलियाका प्याट कुमिन्सले ५ विकेट लिएका थिए। 

अष्ट्रेलियाको पहिलो पारी २सय २१ रनमा समेटिएको थियो। उस्कालागि कप्तान टिम पेनले ६२ रन बनाएका थिए भने प्याट कुमिन्सले ५० रनको योगदान दिएका थिए। अफ्रिकाका भेरोन फिलाण्डर, कगिसो रबाडा र केशव महाराजले ३-३ विकेट लिएका थिए। 

फलो अन नदिएर आफै ब्याटीङ गरेको अफ्रिकाले दोस्रो पारीमा ६ विकेट गुमाउँदै ३सय ४४ रन बनाएर आफ्नो पारी घोषित गरेको थियो। उस्कालागि कप्तान फाप डुप्लेसीले १सय २० रन बनाएका थिए। अष्टरेलियाका प्याट कुमिन्सले ५ विकेट लिएका थिए। 

आफ्नो दोस्रो पारीमा दयनिय ब्याटीङको प्रदर्शन गरेको अष्ट्रेलिया १ सय १९ रनमा समेटिएको थियो। अफ्रिकाका भेरनोन फिलाण्डरले ६ विकेट लिंदै अष्ट्रेलियन पारी धरासायी बनाएका थिए। 

चार टेष्टको शृखंला ३-१ले जित्दै अफ्रिकाले टेष्टमा आफ्नो प्रदर्शन राम्रो बनाएको छ। खेलका प्लेयर अफ म्याच भेरनन फिलाण्डर घोषित भए भने प्लेयर अफ सिरिज कागिसो रबाडा भए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ