arrow

पोखरामा राष्ट्रिय सहकारी दिवस मनाइयो

logo
सरिता तिम्सनिा पगेनी,
प्रकाशित २०७४ चैत २० मंगलबार
sahakari-diwas.jpg

पोखरा ।  'दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी' भन्ने मुल उघोषका साथ ६१ ओै राष्ट्रिय सहकारी दिवसको अबसरमा , जिल्ला सहकारी संघ लिमिटेडले मंगलवार  पोखरामा  र्‍याली (प्रभातफेरी) निकालेको  छ ।

कार्यक्रममा  २० हजार भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता भएको संघका अध्यक्ष रविरमण तिवारीले बताए । पोखराको  मानव अधिकारचोक चिप्लेढुङ्गा देखी सुरु भएको (र्‍याली) प्रभातफेरी न्यूरोड हुदै र्‍याली पश्चात सहकारी सभामा परिणत भएको थियो ।र्‍यालीमा विभिन्न सहकारीकर्मीहरुले आ–आफ्नो सहकारीको पहचिान झल्कने  पोसाकमा विभिन्न झाकी,भजन कृतन , सहितको बाजा गाजा समेत प्रस्तुत गरेका थिए ।

 सहकारी सभालाइ सम्बोधन गर्दे ,राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाल देशको ठुलो जनसङख्या सहकारीकर्मी भएकोले उनीहरुको आर्थिक विकास र समृद्धि हासिल गराउन सहकारीले विभिन्न कर्जा उपलब्ध गराउनु पर्ने बताए  ।     उनले ,देशमा पुरुष भन्दा महिलाहरु बढी सहकारीमा आवद्ध भएको दाबी गरे । सहकारीमा करिब ३२ लाख महिला र पुरुष ३० लाख आवद्ध भएको उनले जनाए । नियमन गर्ने गर्ने निकाय बढी सजग हुन आग्रह गर्दै  उनले एक व्यक्ति एक सहकारी नियमलाई कडाईका साथ लागु गर्न सुझाव दिए ।

 देशको अर्थतन्त्रको तिन खम्बे निति अन्र्तगत सहकारी पनि एक भएकोले सहकारी कमजोर भई ढल्न पुगेमा देशको अर्थतन्त्र समेत ढल्ने उनको भनाइ थियो ।
सहकारीलाई संविधानले जसरी सम्वोधन गरेको छ, त्यसको भावन र मर्म नबिग्रिने गरी प्रदेश सरकारले त्यस्तै प्रकारको निती नियम ल्याउनु पर्ने उनले बताए । सहकारीले आथिृक विकास र समृद्धिमा सहयोग गरी आर्थिक असमानताको अन्त्य गरी समाजमा स्वतन्त्र र समृद्धि बनाउने उनको जोड थियो ।  “नेपालको संविधानले सहकारीलाई तीन खम्बे अर्थ नितीमा राखेकोले यसलाई प्रदेश सरकारले यसको मर्म र भावनालाई समेटेर ऐन कानुन ल्याउनु पर्ने उनको भनाइ थियो ।”

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ