arrow

डेढ वर्षभित्र निगमसँग आठ नयाँ विमान, यूरोप अमेरिका अब निगमकै जहाजमा

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
nepal-airlines--airport.jpeg

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आगामी डेढ वर्षभित्र आठवटा नयाँ विमान खरिद गर्ने भएको छ । 

निगमले सेवा सुधार्ने कार्ययोजनाबारे आज पत्रकार सम्मेलन गरी जानकारी दिँदै अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको कूल आय बढाउँदै लैजाने जनाएको हो । 

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आगामी १८ महिनाभित्र आन्तरिक उडानका लागि छ भाइकिङ ट्विनअटर र अन्तर्राष्ट्रिय उडान गर्न दुई एयरबस न्यारोबडी ९ए३२०–२००० विमान खरिद गरिने जानकारी दिए। 

नयाँ विमान थप्ने कार्यसँगै निगमसँग भएका सबै पुराना विमान आउँदो १८ महिनाभित्र प्रतिस्थापन गरिनेछ । हवाई सुरक्षालाई उच्च प्राथमिकता दिएर जुनसुकै मूल्य चुकाएर भए पनि सुरक्षाको मामलामा अन्तर्राष्ट्रियस्तरमा नै पुर्या‍उने कार्य प्रारम्भ गरिने महाप्रबन्धक कंसाकारको भनाइ छ । 

निगमका अनुसार आउने असारभित्र दुईवटा ‘वाइडबडी’ विमान ल्याएर लामो उडान रुटमा उडान गर्ने योजनामा रहेको राष्ट्रिय ध्वजावाहकले थप दुई ‘न्यारोबडी’ एयरबस जहाजबाट क्षेत्रीय उडान विस्तार गरिनेछ। वाइड बडीले लामो दुरीका वैदेशिक रुट र न्यारो बडीले क्षेत्रीय रुटमा सेवा दिने तयारी निगमको छ। 

पछिल्लो सयम सन् २०१५ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि एयरबस ए ३२०–२०० सिरिजका दुई विमान खरिद गरेको थियो । विमान थपेर गन्तव्य विस्तार गर्दै निगमलाई बढी नाफा कमाउनेतिर लैजाने योजना अघि सारेको छ । 

निगमलाई सुधार्न विमान थप्नुको विकल्प नरहेको भन्दै गन्तव्य विस्तार र बजारीकरणलाई तीव्रता दिइने महाप्रबन्धक कंसाकारले बताए। 

नयाँ वाइडबढी विमान आएपछि वार्षिक कम्तीमा पाँच अर्बको व्यापार बढ्ने निगमको दाबी छ । सन् २०१७ मा निमगले रु सात करोड ५० लाख नाफा कमाएको जनाएको छ । जहाज थप गरेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने र त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ । जहाज थपिएपछि बाहिरबाट जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति निगमको योजनामा रहेको छ । 

निगमसँग हाल दुई एयरबस ए ३२०–२०० सिरिजका, एक बोइङ ७५७ विमान छन् । यी विमानले विभिन्न आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ नौवटा विमान छन् । यीमध्ये चीनबाट ल्याइएका वाइ १२ चारवटा, एमए १६ २ र ३ ट्विनअटर विमान छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ