यू–ट्यूवको मूख्यालयमा गोली चल्यो, एकको मृत्यु, चार घाइते
प्रकाशित २०७४ चैत २१ बुधबार
516
Shares
काठमाडौं । विश्वमै लोकप्रिय यू–ट्यूवको मूख्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । एक महिलाले ४ जनालाई गोली हानेर घाइते बनाएपछि आफैलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ ।
अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित यू–ट्यूव मूख्यालयमा एक महिलाले एक ३६ वर्षीय पुरुषलाई गोली प्रहार गरी आक्रमणको शरुवात गरेकी थिइन् ।
ती पुरुष आक्रमणकारी महिलाको पुरुष साथी भएको प्रहरीले अनुमान गरेको छ । आक्रमणकारी महिलाको परिचय खुलाइएको छैन गुगलको स्वामित्वमा रहेको यू–ट्यूव मूख्यालयमा करिब १७ सय कर्मचारी छन् ।