arrow

यसरी व्यवस्थित बन्दैछ छत्तिस मौजा सिचाई 

logo
आचार्य प्रदिप
प्रकाशित २०७४ चैत २१ बुधबार
sichai.jpg

बुटवल ।  रुपन्देहीको सबैभन्दा ठूलो र दक्षिण एसियाकै नमुना मानिएका २ सय भन्दा पुरानो छत्तिस मौजा सामुदायिक सिचाई प्रणाली अब व्यवस्थित हुने भएको छ । करिव ३६ सय हेक्टर जमिन सिचाई हुँदै आएको छत्तिस मौजा सामुदायिक सिचाई प्रणालीले अहिले नगर व्यवस्थित गर्ने काम गरिरहेको छ । समृद्ध तराई मधेश सिचाई विशेष कार्यक्रम अन्तर्गत अहिले नहरलाई व्यवस्थित गर्ने काम भइरहेको हो । 

४७ करोड ८० लाख ४२ हजारको लागतमा व्यवस्थित हुँदै गएको नहर ३ बर्षे परियोजना अन्तर्गत काम भइरहेको हो । कात्तिक देखि नहरमा पानी बन्द गरेर अहिले काम धमाधम भइरहेको छ । 

पहिलो चरणमा बाधको मुहनामा ३ सय ५० रिटेनिङ वाल, दोस्रो चरणमा मेन क्यानलको साढे ४ किलोमिटरमा लाईनिङकको काम तथा तेस्रो चरणमा सवा ७ किलोमिटर सहायक नहर व्यवस्थित एवं ५ वटा कल्भट, २ वटा ट्रप्ट बनाउने काम हुने प्रणालीका अध्यक्ष यज्ञ गैरेले जानाकारी दिए ।

“हामीले अहिलेको हिउदोको खेतीपाती नगरी काम गरेका छौ, हामीले कार्तिक देखिनै पानी रोकेर काम गर्दा यसपटकका यहाँका किसानले खेतीपनि लगाएनन” उनले भने । उनले असारसम्म पहिलो चरणको काम सम्पन्न गर्ने बताए । 

“३ बर्षे योजना भएकाले पहिलो बर्ष रकम त्यति धेरै आउँदैन, त्यसैले पहिलो चरणको काम अहिले हुन्छ, अन्य काम हामी अर्को बर्ष फेरी गर्नेछौ” अध्यक्ष गैरेले भने । 

हिउँदको समयमा नहरमा पानी नआउने र बर्षादको समयमा बाध फुटेर खेतमा क्षति हुँदै आएकोमा नहर व्यवस्थित हुने भएपछि अब किसानहरु अब त्यो समस्याबाट मुक्त हुने छन् ।

बुटवल हुँदै बग्दै आएको यो सिचाई प्रणालीमा नगरबासीले प्लाष्टिक फाल्दा खेती उव्जनी कम भएकाले प्लाष्टिक नहरमा नफाल्न कृषकहरुले अनुरोध गरेपनि त्यो क्रम भने अझै रोकिएको छैन ।

“बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले नगरलाई प्लाष्टिक मुक्त गर्न सके मात्र नहरमा प्लाष्टिक आउँदै अन्यता प्लाष्टिक खेतमै पुग्छ” शंकरनगरका कृषक धर्मागत बस्यालले भने ।

यो नहरबाट जिल्लाका करिब १ लाख किसानहरुले सिंचाइ सुबिधा पाएका छन । अहिले उक्त नहरको मुहान बुटवल–३ देखि योगिकुटी सम्म नहर अतिक्रमण पनि भइरहेको छ । जग्गाको मूल्य उच्च हुँदै जाँदा पछिल्ला वषर्हरूमा बुटवल भएर जाने नहर अतिक्रमणको चपेटामा परको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ