arrow

डीपीएल क्रिकेट : ज्ञानेन्द्रको टोलीले जित्यो लगातार तीन खेल, अत्तरिया स्तब्ध

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
DPL_4.JPG

कैलाली । धनगढी प्रिमियर लिग डीपीएल–२ क्रिकेट अन्तर्गत वुधबार भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ । योसँगै काठमाडौंले लगातार तीन खेल जितेको छ ।

लगातार तेस्रो जित निकाल्ने क्रममा काठमाडौं गोल्डेन्सले सीवाईसी अत्तरियालाई ११ रनले हरायो । टस जितेर व्याटिङ गरेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३७ रन बनायो ।

जवाफी व्याटिङ गरेको सीवाइसी अत्तरियाले ६ विकेटको नोक्सानीमा मात्र एक सय २६ रन बनाउन सक्यो । सीवाइसी अत्तरियाका लागि गौरब चित्काराले ४ छक्का र १ चौकाको मद्दतमा ३६ रन बनाए । यस्तै विपिन चन्द्रले अविजित २६ रन बनाए । वलिङतर्फ काडमाडौं गोल्डेन्सका सुबोथ भाटीले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए ।

पहिले व्याटिङ गरेको काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले सबै भन्दा बढी ५७ रन बनाए । ४३ बल खेलेका उनले ३ छक्का र ४ चौका प्रहार गरे । यस्तै, नरेश बुढाऐरले १७ बल खर्चिएर २ छक्का र २ चौका प्रहार गर्दै रन जोडे २७ रन जोडे ।

रसिद खानले १६ रन बनाए ।
सीवाईसी अत्तरियाका सुभशंकर उराउले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । यस्तै कृष्ण कार्की र विपिन चन्द्रले २–२ तथा कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ