arrow

कुखुरासमेत खान नपाउने गाउँमा मुआब्जाका विषयमा छलफल

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
khokana.jpg

काठमाडौँ । नेपाली सेनाले काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम अघि बढाउने सिलसिलामा ललितपुरको खोकना (जहाँ स्थानीयहरु कुखुरा काट्न साथै घरमा खाने समेत गर्दैनन्) को मुआब्जाका सम्बन्धमा सम्बन्धित सरकारी निकाय, स्थानीय जनप्रतिनिधि र सरोकार भएका पक्षसँग विभिन्न चरणमा छलफल गरिरहेको छ । 

खोकनाको ऐतिहासिक स्थान कुदेश र श्रीपालीको मन्दिरलगायत पुरातात्विक महत्वका संरचना यथावत् बचाइराख्न तथा मुआब्जा विवादलाई सरलीकरण गरी कार्यसम्पादन गर्न सेनाले प्रयास गरिररहेको छ । 

सेनाले द्रुतमार्ग निर्माण तथा आयोजनास्थलको सुरक्षार्थ पहिलो चरणमा गत साउनदेखि मख्खुबेंसी, सिस्नेरी दोभान, लेनडाँडा, बुदुने तथा बागदेवमा सुरक्षा आधार शिविर स्थापना गरी काम गरिरहेको छ । अहिले उक्त मार्गका लागि माटो सबलीकरण, कटान, माटो भराइ र सडक ढाँचाको पुनः रुजुलगायत काम भइरहेको जनाएको छ । 

आयोजना तोकिएकै समयमा पूरा गर्ने लक्ष्यानुरुप हाल २० स्वदेशी निर्माण व्यवसायीलाई ठेक्का दिइएको जनाउँदै सेनाले अरु तीन निर्माण व्यवसायीलाई ठेक्का दिने काम प्रक्रियामा रहेको जनाएको छ । 

त्यस्तै पाँच निर्माण व्यवसायीसँग आवश्यक उपकरण उपलब्ध गराउने गरी सम्झौता भइसकेको छ । सेनाले द्रुतमार्गको मार्गाधिकारभित्र परेका रुख कटान र व्यवस्थापनलाई तीव्रता दिइरहेको छ । 

राजमार्ग निर्माणसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने सिलसिलामा आशयपत्रका लागि १५ दिनभित्र इच्छुक स्वदेशी तथा विदेशी कम्पनीसँग निवेदन माग गरिएको सैनिक जनसम्पर्क तथा सूचना दिर्नेशनालयले जनाएको छ । 

छयहत्तर किलोमिटर लामो राष्ट्रिय गौरवको उक्त आयोजना चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ