arrow

अफ्रिदीको मागबारे सचिनको कडा जवाफ

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
sachin-afridi.jpg

काठमाडौं । पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीको भनाइलाई लिएर भारतीय क्रिकेटर सचिन तेन्दुलकरले कडा जवाफ दिएका छन् । 

कश्मीरको विषयलाई लिएर अफ्रिदीले ट्वीटरमा लेखेपछि त्यसको जवाफमा सचिन, विराट कोहली, कपिल देव र सुरेश रैनाले कडा जवाफ लेखेका हुन् । 

सचिनले आफूहरुलाई कुनै बाहिरीले हामीलाई सिकाउनु जरुरी छैन कि हामीलाई के गर्नुपर्छ भनेका छन् । 

कपिल देवले ऊ को हो जसलाई हामीले यति धेरै महत्व दिएका छौं हामीले केही मानिसलाई खास महत्व दिनु जरुरी छैन भनेर ट्वीट गरेका छन् । 

त्यस्तै विराटले जो भारतको हितको विरुद्धमा छ उसलाई कहिल्यै समर्थन मिल्ने छैन । 

सुरेश रैनाले कश्मीर भारतको अभिन्न अंग हो जुन हमेशा रहने छ । 

के भनेका थिए अफ्रिदीले ? 
कश्मीरको मुद्धालाई लिएर अफ्रिदीले ट्वीटरमा हालै भारतीय सेनाद्धारा कश्मीरमा मारिएका १२ आतंकवादीलाई ‘निर्दोष’ बताउँदै संयुक्त राष्ट्र संघसंग भारतको हिस्सामा रहेको कश्मीरमा हस्तक्षेप गर्न माग गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ