- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इङलिस क्लव लिभरपुलले प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीमाथि रबाफपूर्ण जित निकालेको छ ।
घरेलु एन्फिल्डको मैदानमा खेलेको लिभरपुल ३–० को स्पष्ट अन्तरको जित निकाल्न सफल भएको हो ।
लिभरपुललाई विजयी गराउन मोहोमद सलाह, अक्सलेड चेम्बरलिन र सादियो मानेले १–१ गोल गरे ।
क्वाटरफाइनलको पहिलो लेगका हासिल गरेको जितसंगै लिभरपुलको सेमिफाइनल यात्रा बलियो बनेको छ ।
दोस्रो लेगको खेल म्यान्चेस्टर सिटीको मैदानमा हुनेछ । तर प्रिमियर लिगको लिडर म्यान्चेस्टर सिटीलाई यो खेल जित्न भने कठिन भएको छ ।