arrow

सलमान खानलाई पाँच बर्षको जेल सजाय

logo
प्रकाशित २०७४ चैत २२ बिहिबार
salman-news-24.jpeg.jpeg

एजेन्सी । सलमान खानलाई बीस बर्ष पुरानो दुई कालो हरिण शिकारको आरोपमा जोधापुरको एक अदालतले दोषि ठहर गरेको छ ।  मुख्य न्याायाधिश देवकुमार खत्रीले उनलाई  दोषि ठहर गर्दै  पाँच बर्ष जेल सजाय र दश हजार रुपैयाँ जरिवना सुनाएका छन् ।  

सजाय सुनाएसँगै सलमानलाई जोधापुरको केन्द्रीय कारागार लगिएको छ । उनका वकिलहरु उनको धरौतीमा रिहाको अपिल गर्दै उच्च अदालत पुगेका छन् । सलमानले कम्तिमा पनि एक रात जेल बस्नुपर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

यस भन्दा अघि सो  काण्डका अन्य आरोपी सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमालाई अदालतले सफाई दिइसकेको छ ।     

सलमान खान माथि चलचित्र अक्टूबर ११९८ ‘हम साथ साथ हे’  मा कान्काणी गाँउमा दुई कालो हरिणको शिकार गरेको आरोप लगाइएको हो । उनले भर्खरै मेगा प्रोजेक्टको चलचित्र "रेस थ्री" को सुटिङ  सकाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ