एजेन्सी । सलमान खानलाई बीस बर्ष पुरानो दुई कालो हरिण शिकारको आरोपमा जोधापुरको एक अदालतले दोषि ठहर गरेको छ । मुख्य न्याायाधिश देवकुमार खत्रीले उनलाई दोषि ठहर गर्दै पाँच बर्ष जेल सजाय र दश हजार रुपैयाँ जरिवना सुनाएका छन् ।
सजाय सुनाएसँगै सलमानलाई जोधापुरको केन्द्रीय कारागार लगिएको छ । उनका वकिलहरु उनको धरौतीमा रिहाको अपिल गर्दै उच्च अदालत पुगेका छन् । सलमानले कम्तिमा पनि एक रात जेल बस्नुपर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस भन्दा अघि सो काण्डका अन्य आरोपी सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमालाई अदालतले सफाई दिइसकेको छ ।
सलमान खान माथि चलचित्र अक्टूबर ११९८ ‘हम साथ साथ हे’ मा कान्काणी गाँउमा दुई कालो हरिणको शिकार गरेको आरोप लगाइएको हो । उनले भर्खरै मेगा प्रोजेक्टको चलचित्र "रेस थ्री" को सुटिङ सकाएका छन् ।