arrow

डीपीएल क्रिकेट : चम्किए राष्ट्रिय टोलीबाहिर रहेका विनोद, महेन्द्रनगर जित्यो

पुनितको अलराउण्ड प्रदर्शन

logo
प्रकाशित २०७४ चैत २२ बिहिबार
DPL_new.JPG

कैलाली । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट अन्तर्गत विहिबार भएको  दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड विजयी भएको छ ।

पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीबाहिर रहेका विनोद भण्डारीको कप्तानी पारीले महेन्द्रनगर युनाइटेड ७ बल बाँकी छँदै ४ विकेटले विजयी भएको हो ।  

महेन्द्रनगरलाई जिताउन भण्डारी एक्लैले ६१ रन बनाए । उनले ४८ बलमा ५ चौका र २ छक्काको मद्दतले सबै भन्दाबढी रन बनाए । सुरुवाती व्याटिङ समेत उनैले गरेका थिए । भण्डारीपछि पुनित विष्टले ४ छक्का र ३ चौका प्रहार गर्दै ४५ रन बनाए । विष्ट अर्थसतक बनाउनबाट भने चुके । पुनीत मेहराले अविजित १६ रन बनाए ।

टस जितेर पहिले व्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगरलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४५ रनको चुनौती दिएको थियो । रुपन्देहीका लागि प्रदीप सिंह ऐरीले सबै भन्दाबढी ३९ रन बनाए । यस्तै, रागर पुन २८, दिपक प्रसाद १७, कुशाल मल्ल १५ रनमा आउट भए । रुपन्देहीका पाँच खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

अलराउण्ड प्रदर्शन गर्ने क्रममा बलिङतर्फ महेन्द्रनगरका पुनित विष्ट एक्लैले चार विकेट लिए । योसँगै शक्ति गौचनको टोलीले लगातार तीन हार व्यहोरेको छ । महेन्द्रनगरले यसअघि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी गरेको विराटनगर किङ्ग्सविरुद्ध ३३ रनको जित निकालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ