arrow

भाइबहिनीहरुले भने, 'असल पुरुषले बलात्कार गर्दैन'

logo
प्रकाशित २०७४ चैत २२ बिहिबार
rally-against-rape.jpg

काठमाडौं। देशका विभिन्न भागमा वलात्कारका घटना सार्वजनिक भइरहँदा यसको चौतर्फी विरोध हुँदै आएको छ। यस्ता घटनामा संलग्नलाई कडा कानुनी कार्वाही गर्नुपर्ने माग पनि उठिरहेको छ।

कतिपयले बलात्कारीलाई फासीको सजायँ समेत माग गरेका छन्। यो माग गर्नेमा सांसदहरु पनि थपिएका छन्। यद्यपी नेपालले कुनै पनि अपराधामा मृत्युदण्ड दिने कुरालाई अस्विकार गरेको छ। 

बलात्कारका घटना बढ्दलै जाँदा विभिन्न तहमा चेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन्। विद्यार्थीहरुले सामाजिक सचेतनाको लागि अभियान नै सञ्चालन गरेका छन्। यस्ता अभियानहरु देशका विभिन्न भागमा भइरहेको पाइन्छ। 

काठमाडौंमा पनि विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुले पनि बलात्कार बिरुद्ध राष्ट्रिय अभियान शुरु गरेका छन्। लिभिङ विथ इन्भाएरोमेन्टमा आवद्ध विद्यार्थीहरुले काठमाडौंमा वलात्कार विरुद्ध प्रदर्शन गरेका छन्। संस्थाका अध्यक्ष आकाश चौहानले यूवा विद्यार्थीहरुले असल पुरुषले वलात्कार नगर्ने सन्देश दिन खोजेको बताए। साथै वलात्कार गर्ने खराव पुरुषलाई कार्वाही गर्न पनि विद्यार्थीहरुले माग गरेको चौहानले बताए। 

विद्यार्थीहरुको अभियानलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगर, बरिस्ट पत्रकार कबिर राणा, विवेकशिल साझाकी रन्जु दर्शना र जसोन्देव बैद्य लगायत पनि हौसला बढाउन पुगेका थिए। बिभिन्न कलेजका बिध्यार्थीहरुको उपस्थितिमा बानेश्वर देखि माइतीघर मण्डलासम्म प्रदर्शन पनि भएको संस्थाकी महासचिव सम्झना गिरिले जानकारी दिइन। 

Image may contain: 7 people, people smiling, people standing and outdoor

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ