- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युरोपा लिग फुटबलको क्वाटरफाइनलमा आर्सनल, एथलेटिको मड्रिड र लाजियोलाई सफलता मिलेको छ । युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिताको क्वाटरफाइनल पहिलो लेगको खेलमा इंगलिस क्लव आर्सनलले रसियन क्लव सिएसकेए मस्कोलाई ४–१ ले हरायो ।
आफ्नै मैदानमा आर्सनललाई जित दिलाउन आरोन राम्से र अलेक्जेण्डर लाकाजेट्ले २–२ गोल गरे ।
अर्को खेलमा स्पेनिस क्लव एथ्लेटिको मड्रिडले पोर्चुगिच क्लव स्पोर्टिङलाई २–० ले हरायो । खेलमा एथ्लेटिकोलाई विजयी गराउन कोके र एन्टोनियो ग्रेजम्यानले १–१ गोल गरे ।
त्यसैगरी इटालियन क्लव लाजियोले अष्ट्रियन क्लव साल्जबर्गलाई ४–२ ले हरायो । अर्को खेलमा जर्मन क्लव आरबी लेप्जिगले फ्रेन्च क्लव मार्सेलाई १–० ले हरायो ।
जितसंगै विजयी क्लवहरुको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।