arrow

मृगौला पिडितलाई क्लवको सहयोग

सहयोग अपेक्षामा गुरुङ्का परिवार

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत २३ शुक्रबार
club-kidney-victime-help.jpg

स्याङ्जा ।  दुवै मृगौला फेल भएका स्याङजाको वालिङ नगरपालिका १ का युवालाई स्थानीय युवा क्लबद्धारा आर्थिक सहयोग गरिएको छ । साविक एलादी गाविस तथा हाल वालिङ १  निवासी ४० वर्षीय चिनबहादुर गुरुङलाई एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेको हो । स्थानीय ग्रिन भ्याली युथ क्लबद्धारा संकलित १८ हजार ५ सय रुपैँया वडा नं. १ का वडा अध्यक्ष तथा वालिङ नगरपालिकाका प्रवक्ता केदार काफ्लेले हस्तान्तरण गरेका हुन् ।
 
रकम हस्तान्तरण गर्दै काफ्लेले एउटा सामान्य परिवारको व्यक्तिलाई दुवै मृगौलाको डायलाईसिस प्रक्रियामा धेरै खर्च लाग्ने भएपछि क्लबले सञ्चालन गरेको अभियान निकै प्रसंशनिय रहेको बताए । साथै काफ्लेले मानविय भावनाले गुरुङलाई एउटा नयाँ जिवन दिनका लागी हामीले आँफूले सक्ने सहायोग गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय मृगौला फेलका विरामी बढ्दै गएकाले यसको दिगो निराकरणमा राज्यस्तरबाट विषेश अभियान चलाउनुपर्ने समेत काफ्लेको भनाई छ ।   
 
कार्यक्रममा कागे्रसका वडा नं. १ का सभापति गुणनिधि काफ्लेले गुरुङको स्वास्थ्य लाभका लागी हामी सबैले सहयोग गर्नुपर्ने बताउँदै स्थानीय क्लबले देखाएको सक्रियता निकै सराहनीय रहेको बताए । अनावश्यक फजुल खर्च गर्नुभन्दा मानवीय भावले यसरी नयाँ जिवनसंग लड्दै गरेका विरामीहरुलाई सहयोग गरेमा सच्च मानवता झल्कने काफ्लेको भनाई थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष सुर्यबहादुर थापाले एक छिमेकीले अर्को छिमेकीको घाउमा मलम पट्टी गर्नुपर्छ भन्ने भावनाले क्लबको सक्रियतामा संकलित रकम हस्तान्तरण गरिएको बताए ।  थापाले भने, “हाम्रो यो सानो अभियानले गुरुङको नयाँ जिवनका लागी सानो ईटा थप्ने हामीले महसुस गरेका छौँ” ।
 
एक श्रीमती र १ छोरा २ छोरी गरी ३ सन्तानका पिता गुरुङलाई दुवै मृगौला फेल भएपछि आर्थिक समस्या भएको छ । ४ वर्ष अफगानस्थानमा बैदेशिक रोजगारीबाट फर्केका गुरुङ ४ महिनादेखि मुगौलाको समस्याबाट ग्रसित छन् । वैदेशिक रोजगारीमा कमाएको पैसा ३ छोराछोरीकै शिक्षा तथा पालनपोषणमा खर्च भएपछि गुरुङ परिवारलाई आर्थिक समस्या भएको हो ।  कमाउने व्यक्तिलाई नै बज्रपात परेपछि धेरै नै समस्या पर्ने परिवारको भनाई छ । यो अभियानलाई ग्रिन भ्याली क्लवले निरन्तरता दिदै आर्थिक सहयोग गर्न चाहाने महानुभावले पोखरा फाईनान्समा रहेको बैंकको खाता नं. ००८००२०००२४६५२००००१ मा रकम जम्मा गर्ने व्यवस्था समेत मिलाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ